'ट्रम्प र पुटिनबीच फोनमा कुराकानी भएको भन्ने हल्ला अफबाह'   | Khabarhub Khabarhub

‘ट्रम्प र पुटिनबीच फोनमा कुराकानी भएको भन्ने हल्ला अफबाह’  


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन द्वन्द्वबारे गत साता फोनमा कुराकानी भएको भन्ने अमेरिकी सञ्चारमाध्यममा आएको समाचारको क्रेमलिनले सोमबार खण्डन गरेको छ ।

ट्रम्पले बिहीबार पुटिनसँग फोनमा कुरा गरेर द्वन्द्व नभड्काउन आग्रह गरेको ‘द वासिङ्टन पोस्ट’मा उल्लेख गरिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले वासिङ्टन पोस्टमा प्रकाशित समाचार ‘गलत सूचना मात्र भएको’ बताए । 

‘द पोस्ट’का अनुसार ट्रम्पले उक्त फोनवार्तामा पुटिनलाई युरोपमा वासिङ्टनको ठूलो सैन्य उपस्थिति रहेको स्मरण गराएका थिए । ट्रम्पले युक्रेनको युद्ध चाँडै समाधान गर्ने विषयमा थप कुराकानी गर्ने इच्छा व्यक्त गरेको अमेरिकी पत्रिकासँगको कुराकानीमा धेरैले बताएका उल्लेख गरिएको छ । 

चुनाव प्रचारका क्रममा रिपब्लिकनले केही घण्टाभित्रै युद्ध अन्त्य गर्न सक्ने र पुटिनसँग सीधै कुरा गर्ने संकेत दिएका थिए । ट्रम्पले आफूले कसरी शान्ति सम्झौता गर्न चाहेको र कुन शर्तमा प्रस्ताव गर्न लागेको भन्ने बारे केही बताएको छैन । 

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ७ : ०९ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको