ऊर्जामन्त्री खड्का र विश्व बैँकका प्रतिनिधीबीच भेट « Khabarhub

ऊर्जामन्त्री खड्का र विश्व बैँकका प्रतिनिधीबीच भेट


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र विश्व बैँकका प्रतिनिधीबीच भेटवार्ता भएको छ ।

उर्जा मन्त्रालयमा आज भएको भेटमा मन्त्री खड्काले अपर अरुण जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन कार्य अगाडि बढाउन विश्व बैँकका प्रतिनिधीसँग आग्रह गरेको भेटमा सहभागी उर्जा मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए ।

मन्त्री खड्काले अपर अरुण जलविद्युत आयोजनामा विश्व बैँकले यसअघि केही रकम लगानी गरिसकेको भन्दै थप आवश्यक लगानी जुटाई त्यसलाई टुङ्गोमा पु-याउनुपर्ने बताएका थिए ।

अपर अरुण आयोजनालाई अगाडि बढाउने विषयमा उर्जामन्त्री खड्काले गतसाता भारतका विद्युतमन्त्रीसँग समेत छलफल गरेका थिए ।

भेटमा विश्व बैँकका प्रतिनिधीले अपर अरुण आयोजनामा आउने समस्यालाई समाधान गर्नका लागि मन्त्रीसमक्ष आग्रह गरेका थिए ।

भेटमा उर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ अधिकारी, मन्त्रालयका सहसचिव जीवछ मण्डल, अर्थ विज्ञ अमित श्रेष्ठ, मन्त्री खड्काका निजी सचिव मनोज पन्थलगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ९ : ०३ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट