ऊर्जामन्त्री खड्का र विश्व बैँकका प्रतिनिधीबीच भेट « Khabarhub

ऊर्जामन्त्री खड्का र विश्व बैँकका प्रतिनिधीबीच भेट


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र विश्व बैँकका प्रतिनिधीबीच भेटवार्ता भएको छ ।

उर्जा मन्त्रालयमा आज भएको भेटमा मन्त्री खड्काले अपर अरुण जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन कार्य अगाडि बढाउन विश्व बैँकका प्रतिनिधीसँग आग्रह गरेको भेटमा सहभागी उर्जा मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए ।

मन्त्री खड्काले अपर अरुण जलविद्युत आयोजनामा विश्व बैँकले यसअघि केही रकम लगानी गरिसकेको भन्दै थप आवश्यक लगानी जुटाई त्यसलाई टुङ्गोमा पु-याउनुपर्ने बताएका थिए ।

अपर अरुण आयोजनालाई अगाडि बढाउने विषयमा उर्जामन्त्री खड्काले गतसाता भारतका विद्युतमन्त्रीसँग समेत छलफल गरेका थिए ।

भेटमा विश्व बैँकका प्रतिनिधीले अपर अरुण आयोजनामा आउने समस्यालाई समाधान गर्नका लागि मन्त्रीसमक्ष आग्रह गरेका थिए ।

भेटमा उर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ अधिकारी, मन्त्रालयका सहसचिव जीवछ मण्डल, अर्थ विज्ञ अमित श्रेष्ठ, मन्त्री खड्काका निजी सचिव मनोज पन्थलगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ९ : ०३ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको