एम्बाप्पेको ५० औं च्याम्पियन्स लिग गोलमा रियलको जित « Khabarhub

एम्बाप्पेको ५० औं च्याम्पियन्स लिग गोलमा रियलको जित


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केलिएन एम्बाप्पेको ५० औँ च्याम्पियन्ल लिग गोलसँगै रियल म्याड्रिडले मंगलबार राति भएको खेलमा एटलान्टालाई ३-२ ले हराएको छ।

रियलका लागि जुड बेलिङघम र भिन्सियस जुनियरले थप गोल गरे। यस सिजनको युरोपेली प्रतियोगितामा सङ्घर्ष गरी रहेको रियलले यस अघिका ५ खेलमा ३ पराजयको सामना गरेको थियो।

१० औं मिनेटमा फ्रान्सेली स्टार एम्बाप्पेको गोलमा रियलले अग्रता लिएको खेलको पहिलो हाफको अन्त्यमा एटलान्टाका र्चाल्स डी केटरेलले बराबरी गोल गरे। केटरेलले प्राप्त पेनाल्टी अवसरलाई गोलमा परिणत गरेका हुन्।

५६ औँ मिनेटमा चोटबाट मुक्त भएर पहिलो पटक मैदानमा उपस्थित भिन्सियस जुनियरले रियलका लागि अर्को गोल गरे। ५९ औं मिनेटमा बेलिङघमले यो सिजनको पहिलो च्याम्पियन्स लिग गोल गरेका हुन्।

एडोमेलोलुक म्यानले एटलान्टाका लागि गोल गरे पनि त्यो टोलीको हार टर्न पर्याप्त भएन। रियल ९ अङ्कसहित १८ औँ स्थानमा छ भने एटलान्टा ११ अङ्क सहित नवौँ स्थानमा छ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ७ : ०२ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर