एम्बाप्पेको ५० औं च्याम्पियन्स लिग गोलमा रियलको जित | Khabarhub Khabarhub

एम्बाप्पेको ५० औं च्याम्पियन्स लिग गोलमा रियलको जित


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केलिएन एम्बाप्पेको ५० औँ च्याम्पियन्ल लिग गोलसँगै रियल म्याड्रिडले मंगलबार राति भएको खेलमा एटलान्टालाई ३-२ ले हराएको छ।

रियलका लागि जुड बेलिङघम र भिन्सियस जुनियरले थप गोल गरे। यस सिजनको युरोपेली प्रतियोगितामा सङ्घर्ष गरी रहेको रियलले यस अघिका ५ खेलमा ३ पराजयको सामना गरेको थियो।

१० औं मिनेटमा फ्रान्सेली स्टार एम्बाप्पेको गोलमा रियलले अग्रता लिएको खेलको पहिलो हाफको अन्त्यमा एटलान्टाका र्चाल्स डी केटरेलले बराबरी गोल गरे। केटरेलले प्राप्त पेनाल्टी अवसरलाई गोलमा परिणत गरेका हुन्।

५६ औँ मिनेटमा चोटबाट मुक्त भएर पहिलो पटक मैदानमा उपस्थित भिन्सियस जुनियरले रियलका लागि अर्को गोल गरे। ५९ औं मिनेटमा बेलिङघमले यो सिजनको पहिलो च्याम्पियन्स लिग गोल गरेका हुन्।

एडोमेलोलुक म्यानले एटलान्टाका लागि गोल गरे पनि त्यो टोलीको हार टर्न पर्याप्त भएन। रियल ९ अङ्कसहित १८ औँ स्थानमा छ भने एटलान्टा ११ अङ्क सहित नवौँ स्थानमा छ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ७ : ०२ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको