बायर्न म्युनिखको फराकिलो जित : विपक्षीको पोस्टमा पाँच गोल « Khabarhub

बायर्न म्युनिखको फराकिलो जित : विपक्षीको पोस्टमा पाँच गोल


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा एक गोलले पछि परेको बायर्न म्युनिख कमब्याक गर्दै विजयी भएको छ।

राति भएको खेलमा साख्तर डोन्सटकलाई म्युनिखले ५-१ ले हराएको हो। सो खेलको पाँचौँ मिनेटमा नै ब्राजिलियन फरवार्ड केभिनले साख्तरलाई अग्रता दिलाएका थिए। त्यसको ६ मिनेटपछि नै कोनार्ड लेइमरले बायर्नका लागि बराबरी गोल गरेका थिए।

४५ औं मिनेटमा जमाल मुसियला, माइकल ओलिसे र लियोरी साने मिलेर बनाएको मुभको उपयोग गर्दै थोमस मुलरले गोल गरे। मुलरको सो गोल च्याम्पियन्स लिगको ५५ औं गोल हो। दोस्रो हाफमा ओलिसेले प्राप्त पेनाल्टीलाई उपयाग गरे भने मुसियलाले अर्को गोल गरे। अन्तिम समयमा अ‍ेलिसेले नै बायर्नका लागि गोल गरे।

जितपछि म्युनिख १२ अङ्कसहित आठौँ स्थानमा छ। डोन्सटक भने ४ अङ्कसहित २७ औं स्थानमा छ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ७ : २६ बजे

धाप्लाङघाट पुल निर्माणले गति लियो, स्ल्याब ढलान सुरु

खोटाङ– खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल

म्याग्दीमा दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली

बैतडीमा २८७ बन्दुक फिर्ता

बैतडी– बैतडीमा २८७ भरुवा बन्दुक फिर्ता गरिएको छ । आगामी

सिंहदरबारमा आगजनी गरेको बताउने पक्राउ

काठमाडौं – प्रहरीले गत भदौ २४ गत जेनजी युवाहरूको प्रदर्शनका

तराईमा हुस्सु लाग्ने, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको