बायर्न म्युनिखको फराकिलो जित : विपक्षीको पोस्टमा पाँच गोल « Khabarhub

बायर्न म्युनिखको फराकिलो जित : विपक्षीको पोस्टमा पाँच गोल


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा एक गोलले पछि परेको बायर्न म्युनिख कमब्याक गर्दै विजयी भएको छ।

राति भएको खेलमा साख्तर डोन्सटकलाई म्युनिखले ५-१ ले हराएको हो। सो खेलको पाँचौँ मिनेटमा नै ब्राजिलियन फरवार्ड केभिनले साख्तरलाई अग्रता दिलाएका थिए। त्यसको ६ मिनेटपछि नै कोनार्ड लेइमरले बायर्नका लागि बराबरी गोल गरेका थिए।

४५ औं मिनेटमा जमाल मुसियला, माइकल ओलिसे र लियोरी साने मिलेर बनाएको मुभको उपयोग गर्दै थोमस मुलरले गोल गरे। मुलरको सो गोल च्याम्पियन्स लिगको ५५ औं गोल हो। दोस्रो हाफमा ओलिसेले प्राप्त पेनाल्टीलाई उपयाग गरे भने मुसियलाले अर्को गोल गरे। अन्तिम समयमा अ‍ेलिसेले नै बायर्नका लागि गोल गरे।

जितपछि म्युनिख १२ अङ्कसहित आठौँ स्थानमा छ। डोन्सटक भने ४ अङ्कसहित २७ औं स्थानमा छ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ७ : २६ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी