लिभरकुसेनको इन्टरमाथिको जितले रोमाञ्चक बनेको च्याम्पियन्स लिग समीकरण « Khabarhub

लिभरकुसेनको इन्टरमाथिको जितले रोमाञ्चक बनेको च्याम्पियन्स लिग समीकरण


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

म्युनिख – अन्तिम मिनेटमा नोर्डी मुकयलले गरेको गोलमा वायर लिभरकुसेनले युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा इन्टर मिलानलाई १–० ले हराएको छ । सिजनमा यो इन्टरको पहिलो हार हो ।

सो जितपछि लिभरकुसेन १३ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लेको छ । १८ अंक रहेको लिभरपुल शीर्ष स्थानमा छ भने १३ अंक नै भएको एस्टन भिल्ला तेस्रो तथा इन्टर मिलान चौथो तथा ब्रेस्ट पाँचौँ स्थानमा छन् ।

मंगलबार भएको खेलमा आरबी लेपिजलाई एस्टन भिल्लाले ३–२ ले हरायो। भिल्लालाई जित दिलाउन पनि रोस बाकर्लीले ८५ औं मिनेटमा गोल गरेका थिए । अर्को खेलमा जुलियनले आर्डिनलको गोलमा ब्रेस्टले पिएसभी आइन्ड होभनलाई १–० ले हरायो ।

मङ्गलबारका अन्य खेलमा सेल्टिक र डाइनामो जाग्रेबले बराबरी खेले । क्लब ब्रगले स्पोर्टिङ सिपीलाई २–१ ले हरायो । पेरिस सेन्ट जर्मनले रेडबुल साल्जबर्गलाई ३–० ले हरायो ।

तालिकामा १२ अंकसहित छैटौँ र सातौँ स्थानमा रहेका बार्सिलोना र बोरुसिया डर्टमन्डले एक खेल कम खेलेका छन् । बुधबार यी दुई टोलीको खेल हुनेछ ।

यसअघि अपराजित रहेको एटलान्टा भने रियलसँगको हारसँगै ११ अंक लिएर नवौँ स्थानमा झरेको छ । १० अंक रहेका आर्सनल, मोनाको र लिलीले ५ औं खेल मात्र खेलेका छन्।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ८ : १० बजे

धाप्लाङघाट पुल निर्माणले गति लियो, स्ल्याब ढलान सुरु

खोटाङ– खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल

म्याग्दीमा दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली

बैतडीमा २८७ बन्दुक फिर्ता

बैतडी– बैतडीमा २८७ भरुवा बन्दुक फिर्ता गरिएको छ । आगामी

सिंहदरबारमा आगजनी गरेको बताउने पक्राउ

काठमाडौं – प्रहरीले गत भदौ २४ गत जेनजी युवाहरूको प्रदर्शनका

तराईमा हुस्सु लाग्ने, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको