‘कमेडी च्याम्पियन– २’ को उत्कृष्ट ४ मा पुगेका हिक्मत महराको दुर्घटनामा मृत्यु « Khabarhub

‘कमेडी च्याम्पियन– २’ को उत्कृष्ट ४ मा पुगेका हिक्मत महराको दुर्घटनामा मृत्यु


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


990
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ को उत्कृष्ट चारमा पुग्न सफल कमेडियन हिक्मत महराको मृत्यु भएको छ ।

कैलालीको गोदावरीमा मङ्गलवार साँझ भएको मोटरसाइकल दुर्घटना उनको मृत्यु भएको हो । गोदावरी मन्दिर जाने बाटो नजिक म २ प ९११७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका महराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

‘कमेडी च्याम्पियन– २’ मा हिक्मत ६ हजार प्रतियोगीसँगै डिजिटल अडिसन दिएर १ सय ८० जनामा छनोट भएका थिए । त्यसपछि उनी टप २४, १५, ११ हुँदै उत्कृष्ट चारमा पुगेका थिए । उत्कृष्ट ४ बाट भने उनी भोटको आधारमा बाहिरिएका थिए ।

कञ्चनपुरको सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहाबाट प्लस टु र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झरालीमा बीएडसम्म अध्ययन गरेका हिक्मतले विद्यार्थी हुँदै गर्दा कमेडी गर्दै आएका थिए । उनका कमेडी विशेष गरेर समाजका विकृति, विसङ्गति र राजनीतिक परिदृश्यका बारेमा हुने गरेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ८ : १८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको