कालिका लघुवित्तले १० प्रतिशत बोनस दिने  « Khabarhub

कालिका लघुवित्तले १० प्रतिशत बोनस दिने 


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य नाफाबाट १० प्रतिशत बोनस दिने भएको छ । कम्पनीको मङ्गलवार बसेको सञ्चालक समितिको बैठकले बोनस दिने घोषणा गरेको हो ।

कम्पनीका सचिव फणीन्द्र पाण्डेका अनुसार लघुवित्तले उक्त पुँजीको ३ करोड ५३ लाख ७० हजार ५६५ रुपैयाँ बराबरको ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १८ लाख ६१ हजार ६०८ रुपैयाँ बराबरको ०.५० प्रतिशत नगद लाभांश दिने भएको छ ।

उक्त बोनस नेपाल राष्ट्र बैंकले स्वीकृति दिए पनि र आगामी साधारणसभाले पास गरेपछि शेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३७ करोड २३ लाख २१ हजार ७३९ रुपैयाँ बराबरको रहेको छ । बोनस घोषणा गर्दा कम्पनीले बुक क्लोजको मिति भने तय गरेको छैन ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  १२ : ०८ बजे

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– जय नेपाल पार्टीले यही कात्तिक १६ गतेका लागि तय

मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू) 

काठमाडौँ  – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

काठमाडौँ– सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ