कतारले बेलायतसँग थप १२ टाइफुन लडाकु विमान किन्ने « Khabarhub

कतारले बेलायतसँग थप १२ टाइफुन लडाकु विमान किन्ने


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

कतार – कतारले बेलायतसँग थप १२ टाइफुन लडाकु विमान किन्ने भएको छ। हाल बेलायतको भ्रमणमा रहेका कतारका अमिर एमीर अल थानीले सो लडाकु विमान किन्ने घोषणा गरेका हुन् ।

कतार सरकारले आधिकारिक रूपमा कतार वायुसेना र युनाइटेड किंगडमको रोयल एयर फोर्सबीच ब्रिटिस स्क्वाड्रनको रूपमा संयुक्त तालिम र युरो फाइटर कार्यक्रमको लागि २०३० पछि पनि सहयोग जारी राख्ने जनाएको छ ।

उनले आफ्नो भ्रमणको क्रममा बेलायती प्रधानमन्त्री स्टारर र राजा चार्ल्ससँग भेटघाट गरेका थिए । कतारी अमिर बेलायती राजा र प्रधानमन्त्रीले दिएको रात्री र दिवाभोजमा सहभागी भएका थिए । कतारले सन २०२७ मा ७।६ बिलियन डलरमा २४ टाइफुन लडाकु विमानहरू किनिसकेको छ ।

१२ वटा थप विमान खरिद गर्ने निर्णयमा पुगेको कतारको टर्कीसँग पनि ४० लडाकु विमान खरिद गर्ने योजनामा ​​पनि वार्ता  गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  १ : ०५ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर