कतारले बेलायतसँग थप १२ टाइफुन लडाकु विमान किन्ने | Khabarhub Khabarhub

कतारले बेलायतसँग थप १२ टाइफुन लडाकु विमान किन्ने


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

कतार – कतारले बेलायतसँग थप १२ टाइफुन लडाकु विमान किन्ने भएको छ। हाल बेलायतको भ्रमणमा रहेका कतारका अमिर एमीर अल थानीले सो लडाकु विमान किन्ने घोषणा गरेका हुन् ।

कतार सरकारले आधिकारिक रूपमा कतार वायुसेना र युनाइटेड किंगडमको रोयल एयर फोर्सबीच ब्रिटिस स्क्वाड्रनको रूपमा संयुक्त तालिम र युरो फाइटर कार्यक्रमको लागि २०३० पछि पनि सहयोग जारी राख्ने जनाएको छ ।

उनले आफ्नो भ्रमणको क्रममा बेलायती प्रधानमन्त्री स्टारर र राजा चार्ल्ससँग भेटघाट गरेका थिए । कतारी अमिर बेलायती राजा र प्रधानमन्त्रीले दिएको रात्री र दिवाभोजमा सहभागी भएका थिए । कतारले सन २०२७ मा ७।६ बिलियन डलरमा २४ टाइफुन लडाकु विमानहरू किनिसकेको छ ।

१२ वटा थप विमान खरिद गर्ने निर्णयमा पुगेको कतारको टर्कीसँग पनि ४० लडाकु विमान खरिद गर्ने योजनामा ​​पनि वार्ता  गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  १ : ०५ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग