लुम्बिनीको धारिलो बलिङ, काठमाडौंले दियो १०४ रनको लक्ष्य | Khabarhub Khabarhub

लुम्बिनीको धारिलो बलिङ, काठमाडौंले दियो १०४ रनको लक्ष्य


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको दोस्रो खेलमा लुम्बिनी लायन्ससामु काठमाडौं गोर्खाजले १०४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको काठमाडौंका १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन बनाएको हो ।

लुम्बनीका बलरसामु काठमाडौंका ब्याटर टिक्न सकेनन् । पहिलो विकेटका रुपमा स्टिफन एस्किनाजी पहिलो ओभरको तेस्रो बलमै आउट भएका हुन् । दुई बल सामना गरेका उनलाई खाता नदिइ लुम्बिनीका रामोन सिमन्ड्स पवेलियन फर्काए ।

दोस्रो विकेटकारुपमा अर्का ओपनर स्टिफन एस्किनाजीले १६ बल टिकेर २ चौकाको सहयोगमा १० रन मात्रै बनाए । उनलाई काठमाडौंका अभिनाश गौतमले आउट गराए ।

५ ओभर लुम्बिनीका साद बिन जफरले दुई विकेट लिए । जफरले ५ ओभरको पहिलो बलमा गेर्हार्ड इरास्मसलाई सन्दीप जोरामार्फत क्याच आउट गराएका हुन् । ५ ओभरको पाँचौं बलमा उनले सुमित महर्जनलाई एलबीडब्ल्यू आउट गराएका हुन् ।

गेर्हार्डले ४ बल सामना गर्दा १ रन बनाए भने सुमितले ४ बलमा ४ रन मात्रै जोडे । डान डौथवेट २४ बल खर्चिएर २ छक्काको सहयोगमा २१ रन जोडे ।

पहिलो विकेट खसेपछि क्रिजमा आएका भीम सार्कीले काठमाडौंको इनिङ उकास्न प्रयास गरे । पहिलो ओभरको चौथो बलमा क्रिजमा छिरेका भीम सार्की १७ ओभरको अन्तिम बलमा अभिनास गौतमको बलमा आउट भए । उनले ४० बल खर्चिएर १ चौकाको सहयोगमा ३१ रन जोडे ।

काठमाडौंका लागि प्रतिक श्रेष्ठले २४ बलमा २ छक्काको सहयोगमा २१ रन जोडे । अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् ।

लुम्बिनीका लागि जफरले सर्वाधिक ३ विकेट लिए । अभिनास र रामोन सिमन्ड्स समान २(२ विकेट लिए । विवेक याद र सूर्य तामाङले १-१ विकेट लिए ।

सबै तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  २ : ३१ बजे

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्छ भन्ने अडानमै छौँ : सचेतक पाण्डे

काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा

स्कटल्याण्डले नेपाललाई दियो ३ सय २४ रनको विशाल लक्ष्य

काठमाडौं- स्कटल्याण्डले नेपाललाई ३ सय २४ रनको लक्ष्य दिएको छ

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

झापा– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अङ्गको रूपमा रहेको आमसञ्चार

चैते धान समर्थन मूल्यमा नबिकेपछि किसान निराश

भद्रपुर– सरकारले चालु वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य