कास्कीमा भेटिए सबैभन्दा धेरै डेंगु सङ्क्रमित  « Khabarhub

कास्कीमा भेटिए सबैभन्दा धेरै डेंगु सङ्क्रमित 


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२४ मा नेपालमा सबैभन्दा धेरै डेंगुको कास्की जिल्लामा भेटिएको छ ।

देशभर ३४ हजार ३८५ जनामा देखिएको डेंगु सङ्क्रमितमध्ये कास्कीमा मात्रै २२.३ प्रतिशत अर्थात् ७ हजार ६६७ जनालाई सङ्क्रमण भएको सरकारी तथ्यांक छ ।

इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार त्यसपछि काठमाडौँ जिल्लामा बढी डेंगु सङ्क्रमित सङ्ख्या देखिएको छ । यहाँ ५ हजार ९१९ जनालाई डेंगु सङ्क्रमण देखिएको हो । चिकित्सकहरूका अनुसार जहाँ अवात-जावत गर्ने सङ्ख्या बढी हुन्छ, त्यहाँ डेंगुको सङ्क्रमण बढी हुने गर्दछ ।

कास्की र काठमाडौँ जिल्ला बढी मानिसको अवात-जवात हुने क्षेत्र हो । डेंगु सङ्क्रमणका कारणले १३ जनाको मृत्यु भएको छ । हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । चिसो मौसम सुरु भएसँगै अहिले यसको सङ्क्रमण घट्दै गएको ईडीसीडीले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  २ : ४१ बजे

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान