दुई महिनामा बन्यो कमलादीमा भासिएको सडक (तस्बिरहरू) « Khabarhub

दुई महिनामा बन्यो कमलादीमा भासिएको सडक (तस्बिरहरू)


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजधानीको कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि भासिएको सडक पुनर्निर्माण पूरा भएको छ ।

गत साउन २५ गते दरबारमार्गस्थित महेन्द्र शालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडकखण्ड भासिएको थियो ।

भासिएर टुकुचा खोला नै देखिएको उक्त सडक तीन महिनामा निर्माण पूरा भएको हो । सडक भासिँदा देखिएको टुकुचालाई छोपेर नै पुन:र्निर्माण गरिएको उक्त सडक बिहीबारदेखि खुलाउन लागिएको हो ।

लगातार पानी पर्दा ११ मिटर लम्बाइमा पूरै कर्ल्भट भत्किएर सडकमा भ्वाङ परेको थियो । यो सडकखण्ड काठमाडौं महानगरपालिका १ र २८ नम्बर वडाको सीमामा पर्छ।

भ्वाङ परेको ठाउँमा तोकिएकै समयमा निर्माण सकिएपछि खुलाउन लागिएको सडक डिभिजन काठमाडौंका डिभिजन प्रमुख नारायणदत्त भण्डारीले बताएका छन् ।

बिहीबार बिहानदेखि सडक सुचारू गर्ने तयारी सडक डिभिजन काठमाडौंले गरेको छ ।

भासिएको सडक असोज १८ मा निर्माण सम्झौता गरि मंसिर १७ मा निर्माण सम्पन्न गर्ने उद्देश्य थियो । त्यहीअनुसार निर्माणले गति लिँदा अब बुधबार दिनभरमा निर्माण सकेर बिहीबार बिहानदेखि गाडी खुलाउन लागिएको भण्डारीले बताए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ३ : ३२ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर