दुई महिनामा बन्यो कमलादीमा भासिएको सडक (तस्बिरहरू) | Khabarhub Khabarhub

दुई महिनामा बन्यो कमलादीमा भासिएको सडक (तस्बिरहरू)


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजधानीको कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि भासिएको सडक पुनर्निर्माण पूरा भएको छ ।

गत साउन २५ गते दरबारमार्गस्थित महेन्द्र शालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडकखण्ड भासिएको थियो ।

भासिएर टुकुचा खोला नै देखिएको उक्त सडक तीन महिनामा निर्माण पूरा भएको हो । सडक भासिँदा देखिएको टुकुचालाई छोपेर नै पुन:र्निर्माण गरिएको उक्त सडक बिहीबारदेखि खुलाउन लागिएको हो ।

लगातार पानी पर्दा ११ मिटर लम्बाइमा पूरै कर्ल्भट भत्किएर सडकमा भ्वाङ परेको थियो । यो सडकखण्ड काठमाडौं महानगरपालिका १ र २८ नम्बर वडाको सीमामा पर्छ।

भ्वाङ परेको ठाउँमा तोकिएकै समयमा निर्माण सकिएपछि खुलाउन लागिएको सडक डिभिजन काठमाडौंका डिभिजन प्रमुख नारायणदत्त भण्डारीले बताएका छन् ।

बिहीबार बिहानदेखि सडक सुचारू गर्ने तयारी सडक डिभिजन काठमाडौंले गरेको छ ।

भासिएको सडक असोज १८ मा निर्माण सम्झौता गरि मंसिर १७ मा निर्माण सम्पन्न गर्ने उद्देश्य थियो । त्यहीअनुसार निर्माणले गति लिँदा अब बुधबार दिनभरमा निर्माण सकेर बिहीबार बिहानदेखि गाडी खुलाउन लागिएको भण्डारीले बताए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ३ : ३२ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता