सुरुमै लड्खडायो लुम्बिनी, ओपनरसहित तीन ब्याटर दोहोरो रन नजोड्दै आउट | Khabarhub Khabarhub

सुरुमै लड्खडायो लुम्बिनी, ओपनरसहित तीन ब्याटर दोहोरो रन नजोड्दै आउट


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिगअन्तर्गत बुधबारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सका सुरुवाती तीन ब्याटर सस्तैमा पवेलियन फर्किएका छन् ।

त्रिवि क्रिकेट मैदानमा काठमाडौंविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीका सुरुवाती तीन ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

पहिलो विकेटका रुपमा मैदानबाट बाहिरिएका ओपनर आशुतोष घिरिया १२ बल खर्चेर ४ रनमा आउट भए । उनी दीपेश कँडेलको बलमा माइलक लिभर्टमार्फत् क्याच आउट भएका हुन् ।

दोस्रो विकेटका रुपमा आउट भएका भएका अर्जुन साउदले १० बल खर्चेर ३ रन मात्रै बनाए । उनी पनि दीपेशकै बलमा आउट भएका हुन् ।

दीपेशले आशुतोष र अर्जुनलाई एकै ओभरमा आउट गरे । ३ ओभरको दोस्रो बलमा आशुतोष र ३ ओभरको अन्तिम बलमा अर्जुन आउट भएका हुन् ।

चार ओभरको अन्तिम बलमा टम मूर्स आउट भए । उनले पनि दोहोरो रन बनाउन सकेनन् । ५ बलमा १ चौकाको सहयोगमा ६ रन बनाएर उनी गेर्हार्ड इरास्मसको बलमा आउट भए ।

५ ओभरमा ३ विकेटको क्षतिमा लुम्बिनी १५ रनको धराशायी अवस्थामा पुगेको हो ।

अहिले क्रिजमा उन्मुक्त चन्द र कप्तान रोहित पौडेल छन् । ८ ओभर खेलिसक्दा लुम्बिनी ३ विकेट गुमाउँदै ३६ रनको अवस्थामा छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ३ : २३ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको