शेयर बजारमा हरियाली, ४५ अंकले बढ्यो नेप्से « Khabarhub

शेयर बजारमा हरियाली, ४५ अंकले बढ्यो नेप्से


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हरियाली छाएको छ । आज  नेप्से ४५.८८ अंकले बढेर २७१५.७१ विन्दुमा पुगेको छ ।आज नेप्से १.७१ प्रतिशतले बढ्दा ५ अर्ब ५ करोड ६ लाख ५४ हजार बराबरको १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता शेयर कारोबार भएको छ ।

यस्तै नेप्से बढ्दा २११ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३०८ वटा कम्पनी कारोबारमा आउँदा ५६ हजार ३५० पटक शेयर किनबेच भएको छ । आज नेप्सेमा उछाल आउँदा म्युचुअल फण्ड बाहेक सबै समूहमा हरियाली छाएको छ ।

आज म्युचुअल फण्ड ०.३४ प्रतिशतले घटेर २१.६३ विन्दुमा पुगेको छ । सबैभन्दा बढी वाणिज्य बैंक समूह ३.४३ प्रतिशतले बढेर १४५२.८३ विन्दुमा पुगेको छ । सबैभन्दा कम लघुवित्त समूह ०.४२ प्रतिशतले बढेर ४ हजार ९७४.३४ विन्दुमा पुगेको छ ।

त्यस्तै, विकास बैंक १.६३ प्रतिशतले, फाइनान्स १.६३ प्रतिशतले, होटेल तथा पर्यटन १.०५ प्रतिशतले, हाइड्रोपावर १.९६ प्रतिशतले, लगानी ०.७९ प्रतिशतले, जिवन बिमा १.०७ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.६० प्रतिशतले, लघुवित्त ०.४२ प्रतिशतले, निर्जीवन बिमा १.०३ प्रतिशतले, अन्य समूह ०.५७ प्रतिशतले र ट्रेडिङ समूह १.५६ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ३ : २८ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत