छोटी भन्सारहरू छिटो खुलाउन सरकारलाई उपेन्द्रको सुझाव « Khabarhub

छोटी भन्सारहरू छिटो खुलाउन सरकारलाई उपेन्द्रको सुझाव


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कोरोनाका कारण बन्द भएका छोटी भन्सारहरू छिटो खुलाउन सरकारलाई सुझाव दिएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा यादवले निकै राम्रो राजस्व हुने छोटी भन्सारहरू बन्द हुँदा सर्वसाधारणलाई समस्या भएको भन्दै छिटो खुलाउन सरकारलाई सुझाव दिएका हुन् ।

नेपाल–भारतका नाकाहरूबाट सानो मात्रामा सामान ल्याउने नागरिकले दुख पाएको र सेटिङमा सामान भित्र्याउनेहरूलाई सहज भएको उनले बताए ।

नाकाहरूमा राजस्व छली गरेर हुने पकेट भन्सार राम्रोसंग चलेको भन्दै उनले यसमा नियन्त्रण गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

उनले सीमा क्षेत्रमा रहेका नेपाली बजारहरूको कारोबार सुकेको र पारितर्फ भने बजार निकै चल्ने गरेको देखिएकाले यसले मुलुकको अर्थतन्त्रमा समेत असर पर्न सक्ने बताए ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ४ : ४२ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले