बैंकर्स संघ नेतृत्वका लागि निर्वाचन हुँदै, दुई जनाको उम्मेदवारी  « Khabarhub

बैंकर्स संघ नेतृत्वका लागि निर्वाचन हुँदै, दुई जनाको उम्मेदवारी 


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बैंकर्स संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । आगामी पुस ३ गते वार्षिक साधारणसभामा संघको अध्यक्ष चयनका लागि निर्वाचन हुने भएको हो ।

२० वटा वाणिज्य बैंकहरूको छाता संगठनको रूपमा रहेको संघको नयाँ अध्यक्षको लागि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउन दुई दिन समय बाँकी रहँदै शेरचन र कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् ।

शेरचन अहिले संघको कार्यसमिति सदस्यको रूपमा रहेका छन् भने कोइराला उपाध्यक्षको जिम्मेवारीमा छन् । १३ वर्ष अगाडि देखि यता संघको नेतृत्व आपसी सहमतिमा चयन हुँदै आएकोमा शेरचन र कोइरालाले उम्मेदवारी दर्ता गराएसँगै यस पटक नेतृत्व चयनका लागि निर्वाचन हुने संकेत देखिएको हो ।

 अध्यक्षमा उम्मेदवारी दर्ता गराए पनि निर्वाचन नगरी आपसी सहमतिमा नेतृत्व चयन गर्ने पहल गरिने कार्यसमितिका सदस्यहरूको भनाइ छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ६ : ३२ बजे

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८