सात वर्ष कैद सजाय माग गर्दै दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता « Khabarhub

सात वर्ष कैद सजाय माग गर्दै दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीएन्डसी मेडिकल कलेजका मालिक दुर्गा प्रसाईंविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा उनीविरुद्ध अभियोग दर्ता भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिएका छन् ।

साइबर ब्यूरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध अभियोगपत्र दर्ता गरेको हो ।

सरकारी वकिलले उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा सजाय हुन मागदाबी लिएको छ ।

दफा (४७)को (२) अनुसार उनलाई थप सजाय हुन मागदाबी गरिएको श्रेस्तेदार शर्माले जानकारी दिएका छन् ।

‘कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कसुर पटक-पटक गरेमा त्यस्तो कसुरवापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुनेछ,’ उपदफा २ मा भनिएको छ।

डेढी सजाय भन्नाले पूरा सजायमा फेरि आधा सजाय थप हुनु हो । पाँच वर्ष कैद तोकिए डेढी सजाय लागू हुँदा थप साढे २ वर्ष हुन सक्छ। यसो हुँदा प्रसाईंलाई सात वर्षसम्म सजाय तोकिने सम्भावना छ।

मंसिर ४ मा पक्राउ परेका व्यवसायी प्रसाईंमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आपराधिक लाभ लिन नहुने कसुरमासमेत अनुसन्धान गरिरहेको छ ।

फर्जी कागजात बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा अर्बौँ लगानी गरेको भन्दै सामाजिक सञ्जालमा अपलोड गरेपछि प्रहरीले सुरुमा उनलाई साइबरसम्बन्धी कसुरमा पक्राउ गरी अनुसन्धान थालेको थियो ।

भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई प्रसाईंले नै धम्क्याउन लगाएको निष्कर्ष प्रहरीको प्रारम्भिक अनुसन्धानले निकालेको छ।

व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रसाईंनिकट हरिचन्द्र फुँयालले उक्त कामका लागि आफूले ५ लाख रुपैयाँ लिएको पनि बयान दिएका छन्।

‘धम्क्याउने प्रयोजनको लागि मलाई दुर्गा प्रसाईंले ५ लाख दिएका हुन्’, उनले भने । तर, प्रसाईंले बयानमा उक्त कुरा अस्वीकार गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ७ : १५ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको