जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन « Khabarhub

जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् ।

कोशी प्रदेशको सङ्खुवासभा र बागमती प्रदेशअन्तर्गतको दोलखा जिल्ला समिति पुनर्गठन गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनले भने, ‘इन्द्रबहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय दोलखा जिल्ला समिति तथा सीताराम तिम्सिनाको अध्यक्षतामा ३९ सदस्यीय सङ्खुवासभा जिल्ला समिति पुनर्गठन गरिएको छ ।’

गत भदौदेखि जसपा नेपालले आधारभूत संगठन निर्माणको चार महिने अभियान सुरु गरेको थियो । यही मङ्सिर मसान्तसम्म सञ्चालन हुने भनी निर्धारण गरिएको अभियानको समयावधि थप हुनसक्ने पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ७ : ३० बजे

भागेर होइन दृढताका साथ चुनौतीको सामना गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले भागेर नभइ दृढताका

नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रवि लामिछाने र

पकेट क्षेत्रको सुन्तला बगैँचा (फोटो फिचर)

काठमाडौं – यत्तिबेला सुन्तलाको सिजन छ। सुन्तलाका लागि पकेट क्षेत्र

सञ्चारमन्त्री खरेल पोखरामा

पोखरा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पोखरा पुगेका

बालेन-रविको सम्झौताको विरोधमा हर्क साम्पाङ- मिडिया ट्रायल गरेर प्रधानमन्त्री घोषणा गरेछन्

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिका प्रमुख