टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु « Khabarhub

टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – यहाँको किस्पाङ गाउँपालिका–१ स्थित भाल्चेबेँसीमा आज टिपरले ठक्कर दिँदा एक पैदलयात्रीको निधन भएको छ ।

टिपरको ठक्करबाट किस्पाङ–४ साल्मे निवासी टासी घलेको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनका अनुसार सडक स्तरोन्नतिका लागि निर्माण सामग्री बोकेको टिपरको ठक्करले ४८ वर्षीय घलेको घटनास्थलमै निधन भएको हो ।

ठक्कर दिने बागमती प्रदेश ३–०१–००३ क ७१८७ नंं को टिपरमा स्थानीयले क्षति पु(याएका छन् । घटनापश्चात् चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा स्थानीयले दोषी चालकलाई पक्राउ गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन दबाब दिँदै शव उठाउन अवरोध पु¥याएका थिए ।

पीडितको मागअनुसार दोषीलाई कारबाही र क्षतिपूर्तिका लागि कानुनअनुसार अघि बढ्ने सहमतिपश्चात् साँझ ८ बजे शव परीक्षणका लागि त्रिशूली अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  १० : ०५ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका