तेल बोकेको ट्याङ्करको टायर पड्किँदा एक जनाको मृत्यु, पाँच घाइते « Khabarhub

तेल बोकेको ट्याङ्करको टायर पड्किँदा एक जनाको मृत्यु, पाँच घाइते


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

साङ्केतिक तस्बिर

बागमती – पेट्रोल लोड ट्याङ्करको टायर पड्किँदा आज मकवानपुरको हेटौँडामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित टायर रिपियर पसल नजिक मधेस प्रदेश ०३–००२ख ०३०० नम्बरको पेट्रोल लोड ट्याङ्करको टायर मर्मत गर्ने क्रममा टायर पड्किँदा टायर पसलको मिस्त्री भारतको भोजपुर बस्ने ३४ वर्षीय महमद ऐजाजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

टाउको र शरीरको बायाँ भागमा चोट लागेर गम्भीर घाइते भएका ऐजाजको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

सोही घटनामा परी उक्त पसलका कामदार पर्साको धोबिनी गाउँपालिका–२ निवासी १८ वर्षीय जाविर हवारे, ट्याङ्कर चालक हेटौँडा उपमहानगरपालिका–११ स्मारक निवासी ३९ वर्षीय देवान लामा, ट्याङ्कर छेउमा उभिरहेका धादिङको धुनिबेँसी नगरपालिका–२ भञ्ज्याङपोखरी निवासी २३ वर्षीय उत्तम बस्नेत, हेटौँडा उपमहानगरपालिका–११ नवपलुर निवासी ४७ वर्षीय मोहनलाल दुलाल र धादिङको थाक्रे गाउँपालिका–८ निवासी ३८ वर्षीय लक्ष्मण थापा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । रासस

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  १० : ०८ बजे

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त