तेल बोकेको ट्याङ्करको टायर पड्किँदा एक जनाको मृत्यु, पाँच घाइते | Khabarhub Khabarhub

तेल बोकेको ट्याङ्करको टायर पड्किँदा एक जनाको मृत्यु, पाँच घाइते


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

साङ्केतिक तस्बिर

बागमती – पेट्रोल लोड ट्याङ्करको टायर पड्किँदा आज मकवानपुरको हेटौँडामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित टायर रिपियर पसल नजिक मधेस प्रदेश ०३–००२ख ०३०० नम्बरको पेट्रोल लोड ट्याङ्करको टायर मर्मत गर्ने क्रममा टायर पड्किँदा टायर पसलको मिस्त्री भारतको भोजपुर बस्ने ३४ वर्षीय महमद ऐजाजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

टाउको र शरीरको बायाँ भागमा चोट लागेर गम्भीर घाइते भएका ऐजाजको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

सोही घटनामा परी उक्त पसलका कामदार पर्साको धोबिनी गाउँपालिका–२ निवासी १८ वर्षीय जाविर हवारे, ट्याङ्कर चालक हेटौँडा उपमहानगरपालिका–११ स्मारक निवासी ३९ वर्षीय देवान लामा, ट्याङ्कर छेउमा उभिरहेका धादिङको धुनिबेँसी नगरपालिका–२ भञ्ज्याङपोखरी निवासी २३ वर्षीय उत्तम बस्नेत, हेटौँडा उपमहानगरपालिका–११ नवपलुर निवासी ४७ वर्षीय मोहनलाल दुलाल र धादिङको थाक्रे गाउँपालिका–८ निवासी ३८ वर्षीय लक्ष्मण थापा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । रासस

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  १० : ०८ बजे

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

पर्सा– पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको