नङ किन फुल्छ ? « Khabarhub

नङ किन फुल्छ ?


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

मानिसका हात तथा औँलाका नङमा कहिलेकाहीँ सेतो दाग देखिने गर्छ । पुरानो मान्यताअनुसार यसलाई नङ फुलेको भन्ने गरिन्छ ।

बाल्यकालमा नङ फुल्नु नयाँ लुगा लगाउन पाइने सङ्केतको रुपमा बुझ्ने गरिन्थ्यो । खासमा नङमा देखिने सेतो दाग के हो त ? आज हामी यसै विषयमा चर्चा गर्दैछौँ ।

नङ केही समय फुल्ने र पछि आफैँ हराएर जाने गर्छ । तर कतिपय अवस्थामा नङ फुल्नुले स्वास्थ्यको अवस्था पनि बताउने गर्दछ ।

चिकित्सकका अनुसार शरीरमा कुनै पनि रोग वा सङ्क्रमण भएमा यसको प्रभाव नङमा देखिन थाल्छ ।

नङमा सेतो दाग देखिनुको कारण ल्युकोनिचिया भएको चिकित्सकहरू बताउँछन् ।

यसबाट नङ बिग्रन्छ र रंग पनि परिवर्तन स्वरूप सेतो थोप्लो जस्तो देखिने गर्छ ।  ल्युकोनिचिया नङको चोटको कारण पनि हुनसक्छ ।  

यस्तो छ नङ फुल्नुको कारण
नङमा एलर्जी, फङ्गल सङ्क्रमण, नङको चोट, खनिजको कमीका कारण नङ फुल्ने अर्थात् नङको एक छेउमा सेतो सानो थोप्लो जस्तो देखिन्छ ।

यसको कारणका रूपमा पछिल्लो समय प्रयोग गरिने शृङ्गार जसमा कृत्रिम नङको प्रयोग, नेल पोलिस, ग्लोस र नेल पोलिस रिमूभरको एलर्जीले पनि नङमा सेतो दाग देखिन सक्छ ।

त्यस्तै फङ्गल इन्फेक्सन, शरीरमा खनिज वा भिटामिनको कमी र क्याल्सियमको कमीको कारण पनि नङमा सेतो दाग देखिन सक्छ ।

नङमा आउने सेतो धब्बाले शरीरमा प्रोटिन, जिंक र भिटामिन बी को कमी दर्शाउँछ ।

यसको अलावा नङमा सेतो धब्बा किड्नी वा कलेजोसँग जोडिएको बिरामीको संकेत गर्दछ ।

यो ब्लड प्रेसर, हड्डीको कमजोरी र तनावका कारणले पनि हुने गर्दछ । यदि तनावका कारण यो धब्बा आएको भए यसलाई मेडिटेसन मार्फत कम गर्न सकिन्छ ।

यस्तो बेलामा  भिटामिन ई वा लोसनले हातलाई मोइस्चराइज गर्ने,  भिटामिन सी युक्त फलफूल खाने ।

जिंक, आइरन, सल्फरयुक्त खानेकुरा र क्याल्सियम, प्रोटिन, भिटामिनयुक्त खानेकुरा प्रशस्त मात्रामा खान चिकित्सकहरू बताउँछन् । यसका साथै सुन्तलाको जुस, दूध पनि खान सकिन्छ ।

 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ६ : २६ बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई