राप्रपाले आज चियापान कार्यक्रम गर्दै, ८ हजार जनालाई निम्तो « Khabarhub

राप्रपाले आज चियापान कार्यक्रम गर्दै, ८ हजार जनालाई निम्तो


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज चियापान कार्यक्रमको आयोजना गर्दैछ ।

राप्रपाले ३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न लागेको हो ।

चियापान समारोहमा प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक सङ्घ सङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी लगायत आठ हजारलाई निमन्त्रणा गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

चियापान समारोह अघि सिंहदरबारस्थित सालिकमा माल्यार्पण कार्यक्रम छ । भृकुटीमण्डपमा भेला भई अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भद्रकाली हॅुदै सिंहदरबार अगाडि रहेको पृथ्वी सालिकसम्म ऱ्याली र सालिकमा माल्यार्पण गरिने प्रवक्ता श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ८ : १३ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ