जंगलको ओढारमा एक शिशु फेला « Khabarhub

जंगलको ओढारमा एक शिशु फेला


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24.7k
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको माईजोगमाई गाउपालिका– ३ स्थित नामसालिङ रोडदेखी करिब १ किलोमीटर तल जंगलमा ढुंगाको ओडारमा एक बेवारिसे शिशु फेला परेका छन् ।

हिजो साँझ घाँस दाउरा गर्ने क्रममा स्थानीय होमबहादुर राना र आशीष देवानले बच्चा रोएको आवाज सुनेपछि गएर हेर्दा बच्चा फेला परेको हो ।

बच्चा भेटिएपछि उनीहरुले प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए । शिशु भेटिएको ठाउँमा कपडा र बट्टामा दूधसहित भेटिएको थियो ।

प्रहरी र जनप्रतिनिधिको रोहबरमा उक्त शिशुलाई स्थानीयले संरक्षणमा राखेका छन् । शिशु ३–४ दिन अघि जन्मिएको स्वास्थ्यकर्मीले अनुमान गरेका छन् ।

स्वास्थ्य कार्यलय नयाँबजारबाट स्वास्थकर्मीअरु आएर शिशुको स्वास्थ्य अवस्था परिक्षण गरिएको छ । शिशुको अवस्था सामान्य रहेको छ ।

शिशु छोरा भएको र उनलाई कसले सो स्थानमा लगेर छाड्यो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ११ : ३० बजे

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई