दाङको टरिगाउँ विमानस्थलबारे छलफल « Khabarhub

दाङको टरिगाउँ विमानस्थलबारे छलफल


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग दाङ जिल्लाका सांसदले भेट गरी टरिगाउँ विमानस्थल विस्तारलगायत ‘एजेन्डा’ मा छलफल गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आज बिहान भएको भेटका क्रममा दाङमा औद्योगिक क्षेत्र कार्यान्वयन, गुणस्तर नापतौल कार्यालय स्थापनालगायत जिल्लाको विकास निर्माणका बारेमा छलफल भएको राष्ट्रियसभा सदस्य अनिता देवकोटाले जानकारी दिए। 

भेटमा सांसद देवकोटा, तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी, दाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वसन्त जोशी र महासचिव महेन्द्र बुढाथोकीलगायतको सहभागिता थियो । उनीहरूले मन्त्रीसमक्ष जिल्लाका विविध विषयमा कुरा राखेका थिए ।

सोही अवसरमा मन्त्री शर्माले छलफलमा उठेका विषयलाई सम्बोधन गर्न सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १२ : २० बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच