खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति भइरहेको छ : प्रधानमन्त्री « Khabarhub

खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति भइरहेको छ : प्रधानमन्त्री


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदै गएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित ‘चौंथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता २०८०’ को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरेका कारण यस क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदै गएको बताएका हुन् ।

 प्रधानमन्त्री प्रचण्डले देशभित्र र बाहिर विभिन्न प्रतियोगितामा विजय प्राप्त गर्ने खेलाडीहरूलाई सरकारको तर्फबाट पटकपटक पुरस्कृत र सम्मानित गर्दै आएको बताए ।

आफ्नै पहलमा मूलपानी मैदान (तल्लो), मोरङको बैजनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र चितवनको भरतपुरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

नेपाली खेलकुदको इतिहासमा छोटो अवधिमा खेल क्षेत्रमा भएको प्रगति सम्भवतः इतिहासमै पहिलो भएको उनले दावी गरे। आजको युगमा खेलकुदको बहुआयमिक महत्व भएकोमा प्रधानमन्त्रीले जोड दिँदै प्रधानमन्त्री प्रचण्डले त्यसका निम्ति सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताए । उनले विश्व राजनीति, अर्थतन्त्र, पर्यटनको विकास र अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले समेत खेलकुद क्षेत्र र खेलाडीहरूले राष्ट्रिय दूत र पुलको काम गर्न सक्ने धारणा राखे ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा पुरुष र महिलामा एकल काता सहित ६–६ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सातै प्रदेशका टिम सहभागिता रहेको छ । प्रतियोगितामा मेडलिस्ट खेलाडीहरू, पुरुष बेस्ट फाइटर, महिला बेस्ट फाईटर र टिम च्याम्पियन प्रथम, द्वितीय र तृतीयलाई नगद पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।  

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १ : २७ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड