मनोहरा क्षेत्रमा चरा गणना | Khabarhub Khabarhub

मनोहरा क्षेत्रमा चरा गणना


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– मध्यपुरथिमि नगरपालिका-८ मनोहरा किनार क्षेत्रमा आज बिहानदेखि स्थानीय र पाहुना चराको गणना सुरु गरिएको छ ।

वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरललगायत विभिन्न पन्छीसँग सम्बन्धित सङ्घसंस्थाको समन्वयमा भएको पन्छी गणनामा मनोहरा खोला आसपासका क्षेत्रमा रहेको पाहुनाका रुपमा विभिन्न देशबाट आएका चराको गणना गरिने वन्यजन्तु एवं चराका बारेमा अनुसन्धान एवं फोटोग्राफी गर्दै आएका थिमिका सञ्जय था श्रेष्ठले बताएका छन् ।

यसअघि एक सय छ प्रजातिका चरा भेटिएको यस क्षेत्रमा गत फागुनमा भएको गणनामा भने काठमाडौँ उपत्यकामा पहिलो पटक थ्याम श्वेत भुइँ रविन (पाइड ह्वीटर) प्रजातिका चरासहित ८६ प्रजातिका चरा भेटिएर अभिलेखीकरण गरिएको थियो ।

बढ्दो सहरीकरण र प्रदूषणले पछिल्लो समय यस क्षेत्रमा विगतमा पाइने गरिएका चरा देखिन छाडेको जनाउँदै श्रेष्ठले यस वर्ष आज सुरु भएको चरा गणनाले स्थानीय रैथाने र पाहुना चरा गरी कति प्रजातिका भेटिन्छन् ती चराको अभिलेखीकरण गरिने जानकारी दिए ।

यस क्षेत्रमा विश्वमै दुर्लभ मानिने चरा पनि भेटिँदै आएका छन् । गत मङ्सिरमा पनि यही ठाउँमा दुर्लभ पाहुना चरा स्वेतमाथा कलहाँस (ग्रेटर ह्वाइट फेन्टेट गुज) भेटिएर अभिलेखीकरण गरिएको थियो ।

वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरल, नेपाल पन्छीविद् सङ्घ, लेट्स वर्क फर विल्डलायफ, नेपाल पन्छी संरक्षण सङ्घ, कोशी टप्पु वर्ड वाचिङ क्पाम्प प्रालि सुनसरी र पोखरा पन्छी समाजको समन्वयमा यही जनवरी २ देखि १८ सम्म नेपालका विभिन्न क्षेत्रमा पन्छी गणना गर्ने क्रममा आज भक्तपुरको मनोहरा क्षेत्रमा चरा गणना सुरु गरिएको हो ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १२ : ३४ बजे

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा