रुसले अफ्रिकालाई अनाज र मल आपूर्ति जारी राख्ने : उपप्रधानमन्त्री « Khabarhub

रुसले अफ्रिकालाई अनाज र मल आपूर्ति जारी राख्ने : उपप्रधानमन्त्री


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसले अफ्रिकालाई अन्न र मलको आपूर्ति जारी राख्ने बताएको छ । उपप्रधानमन्त्री भिक्टोरिया अब्रामचेन्कोलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले शुक्रबार यस बारे जानकारी गराएका छन्।

रूस विश्वव्यापी अनाज भण्डार र भरपर्दो आपूर्तिकर्ता  हो । अन्न र मलको सन्दर्भमा मानवीय सहायताको पहिलो चरण अफ्रिकी देशहरूमा पठाइसकेको छ र आगामी दिनमा यसलाई जारी राखिने छ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनले भर्खरै पश्चिमी देशहरूले खाद्य, खनिज मल, रसद र भुक्तानीमा लगाएको प्रतिबन्धले विश्व भोकमरीको समस्या बढेको स्वीकार गरेको रुसका उपप्रधानमन्त्रीले बताएका छन् ।

गत वर्ष जुलाईमा रुस-अफ्रिका शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्व खाद्य कार्यक्रमको सूचीमा रहेका ६ अफ्रिकी देशलाई रुसले मानवीय सहायताका रूपमा अन्न पठाउने बताउनु भएको थियो ।

कृषि अधिकारीहरूका अनुसार सोमालिया र बुर्किना फासोका लागि प्रत्येक २५ हजार टन गहुँ बोकेका दुई जहाजहरू नोभेम्बरको मध्यमा रूसबाट त्यसतर्फ प्रस्थान गरेका थिए।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  २ : ०३ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००