अज्ञात समूहद्वारा गाडीमा आगजनी « Khabarhub

अज्ञात समूहद्वारा गाडीमा आगजनी


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको काटहरिया नगरपालिका ५ स्थित  गएराती एक गाडीमा आगजनी भएको छ ।

स्थानीय छोटेलाल साह सोनारको सामान ढुवानी गर्ने मधेश प्रदेश .०३.००२स. २૪૪३ नम्बरको ई लोडर रिक्शामा राति साढे १२ बजे अज्ञात व्यक्तिले आगलागी गरेको हो ।

साहले बिहीबार काम सकेर आफ्नो घर अगाडी पार्किंङ गरि राखेका थिए । आगोको मुस्लो हेरेर छिमेकी संगै सनारले आगलागी भएको केही बेरमै घरका सदस्यहरु आगोलाई नियन्त्रणमा लिएको थियो । ढुवानी प्रयोजनमा प्रयोग हुने उक्त रिक्सामा आगलगी कसले गरेको हो खुल्न नसके पनि कुनै पूर्वाग्रहको कारण आगलागी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ सई अरुण सिंहले घटना बारे अनुसन्धान भईरहेको बताएका छन् ।

आगलागीबाट गाडीमा ठूलो क्षति पुगेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  २ : ४० बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६