अज्ञात समूहद्वारा गाडीमा आगजनी « Khabarhub

अज्ञात समूहद्वारा गाडीमा आगजनी


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको काटहरिया नगरपालिका ५ स्थित  गएराती एक गाडीमा आगजनी भएको छ ।

स्थानीय छोटेलाल साह सोनारको सामान ढुवानी गर्ने मधेश प्रदेश .०३.००२स. २૪૪३ नम्बरको ई लोडर रिक्शामा राति साढे १२ बजे अज्ञात व्यक्तिले आगलागी गरेको हो ।

साहले बिहीबार काम सकेर आफ्नो घर अगाडी पार्किंङ गरि राखेका थिए । आगोको मुस्लो हेरेर छिमेकी संगै सनारले आगलागी भएको केही बेरमै घरका सदस्यहरु आगोलाई नियन्त्रणमा लिएको थियो । ढुवानी प्रयोजनमा प्रयोग हुने उक्त रिक्सामा आगलगी कसले गरेको हो खुल्न नसके पनि कुनै पूर्वाग्रहको कारण आगलागी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ सई अरुण सिंहले घटना बारे अनुसन्धान भईरहेको बताएका छन् ।

आगलागीबाट गाडीमा ठूलो क्षति पुगेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  २ : ४० बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति