बागलुङमा २० करोडको सुन्तला उत्पादन  | Khabarhub Khabarhub

बागलुङमा २० करोडको सुन्तला उत्पादन 


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङमा यस वर्ष रु २० करोड बराबरको सुन्तला उत्पादन भएको छ । कूल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटबाट बागलुङमा रु २० करोड बराबरको सुन्तला उत्पादन भएको हो । 

कृषि ज्ञानकेन्द्रले हालै गरेको सर्वेक्षणअनुसार बागलुङमा यस वर्ष तीन हजार नौ सय २० मेट्रिकटन सुन्तला उत्पादन भएको जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष समग्र बागलुङभर ६५ मेट्रिकटन सुन्तला कम फलेको सर्वेक्षणले देखाएको छ । 

कृषि ज्ञानकेन्द्र र स्थानीय पालिकाका कृषि शाखाबाट सुन्तला उत्पादन हुने क्षेत्रमा गरिएको सर्वेक्षणले जिल्लामा अहिले रु २० करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्रका बाली विकास अधिकृत कुमार पुनले जानकारी दिए।

 बागलुङको बिहुँ, सिगाना, सकुर्वा, बिनामारे, हरिचौर, बिरकोट, भकुण्डेतित्याङ लगायतका स्थानमा बढी मात्रामा सुन्तला फल्ने गरेको पाइएको छ । उत्पादितमध्ये ६० प्रतिशत सुन्तला बिक्री भइसकेको छ भने अन्य सुन्तला बिक्री हुन बाँकी रहेको ज्ञान केन्द्रको तथ्यांकले जनाइएको छ। सुन्तला उत्पादनमा कमी आउनुमा व्यवस्थापकीय कमजोरी, मल नपुगेको र औशा किरा व्यवस्थापन गर्न नसकिएको अध्ययनका क्रममा पाइएको पुनले बताए। 

बागलुङको सुन्तला चितवन, काठमाडौँ, पोखरा, धादिङलगायत ठाउँसम्म पुग्ने गरेको सुन्तला किसान शिवकुमार खड्काले बताए । बागलुङको सिगानाका अगुवा किसानले सुन्तलाको मूल्य दोब्बर बनाउन भण्डारण गर्दै आएका छन् ।

खड्काका अनुसार पछिल्लो पाँच वर्षयता सिगानामा ३० हजार सुन्तलाका नयाँ बोट थपिएका छन् । पाँच वर्षपछि सिगाना गाउँबाट मात्रै रु पाँच करोडको सुन्तला बिक्री हुने उनले बताए। 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ३ : ०५ बजे

किन गर्ने सूर्य नमस्कार ? गर्नेका लागि फाइदै फाइदा

काठमाडौं– सूर्यले हामीलाई प्रकाश दिन्छ । सूर्यकै उज्यालोमा हामी दिनमा

कचनकवलमा अतिविपन्न परिवारको स्वास्थ्य बीमा

झापा– झापाको कचनकवल गाउँपालिकाले पाँच सय परिवारको निःशुल्क स्वास्थ्य बीमा

नेपाल उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन

रुस–युक्रेन युद्ध : करिब २ हजार बालबालिकाको मृत्यु

काठमाडौं– युनिसेफले सन् २०२२ को फेब्रुअरीदेखि रुस–युक्रेन युद्धमा करिब २

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल