नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक, यस्ता छन् सुविधा ? « Khabarhub

नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक, यस्ता छन् सुविधा ?


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले ‘विन्टर अफर–२०८०’ सार्वजनिक गरेको छ । आज देखि लागु हुने गरी सार्वजनिक गरिएको अफरमा फोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको कम्पनीले जनाएको छ ।

यस अनुसार १ दिनका लागि १९ रुपैयाँमा ४०० एमबी र ३३ रुपैयाँमा १२०० एमबी डाटा उपलब्ध हुनेछन् ।

त्यसै गरी ७ दिनका लागि१०९ रुपैयाँमा ५ जीबी र २८ दिनका लागि २९८ रुपैयाँमा ७ जीबी डाटा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार स्टे कनेक्टेड प्याक अन्तर्गत ५ दिनका लागि १०९ रुपैयाँमा ६ जीबी डाटा तथा १३९ रुपैयाँमा ६ जीबी डाटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ । त्यसै गरी २ घण्टाका लागि ३५ रुपैयाँमा अनलिमिटेड प्याक उपलब्ध हुनेछ ।

यस अघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटूएम प्याक लगायतका विभिन्न प्याकहरू समेत उपलब्ध हुनेछ । त्यसै गरी नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तर रूपमा उपलब्ध हुने जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ४ : ३९ बजे

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन