नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक, यस्ता छन् सुविधा ? « Khabarhub

नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक, यस्ता छन् सुविधा ?


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले ‘विन्टर अफर–२०८०’ सार्वजनिक गरेको छ । आज देखि लागु हुने गरी सार्वजनिक गरिएको अफरमा फोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको कम्पनीले जनाएको छ ।

यस अनुसार १ दिनका लागि १९ रुपैयाँमा ४०० एमबी र ३३ रुपैयाँमा १२०० एमबी डाटा उपलब्ध हुनेछन् ।

त्यसै गरी ७ दिनका लागि१०९ रुपैयाँमा ५ जीबी र २८ दिनका लागि २९८ रुपैयाँमा ७ जीबी डाटा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार स्टे कनेक्टेड प्याक अन्तर्गत ५ दिनका लागि १०९ रुपैयाँमा ६ जीबी डाटा तथा १३९ रुपैयाँमा ६ जीबी डाटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ । त्यसै गरी २ घण्टाका लागि ३५ रुपैयाँमा अनलिमिटेड प्याक उपलब्ध हुनेछ ।

यस अघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटूएम प्याक लगायतका विभिन्न प्याकहरू समेत उपलब्ध हुनेछ । त्यसै गरी नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तर रूपमा उपलब्ध हुने जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ४ : ३९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको