अष्ट्रेलियाद्वारा यमनमा हवाई आक्रमणलाई समर्थन गरेको पुष्टि | Khabarhub Khabarhub

अष्ट्रेलियाद्वारा यमनमा हवाई आक्रमणलाई समर्थन गरेको पुष्टि


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा– अष्ट्रेलिया सरकारले यमनमा हुथी सैन्य स्थलहरूमा हवाई आक्रमणमा आफ्नो देशको संलग्नता रहेको पुष्टि गरेको छ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्ल्सले शुक्रबार बिहान हुथी विद्रोहीमाथि अमेरिका र बेलायतले गरेको आक्रमणलाई अष्ट्रेलियाले समर्थन गरेको बताउनु भएको छ।

मार्लेसले पत्रकार सम्मेलनमा पत्रकारहरूलाई जानकारी गराउनु भए अनुसार हुथिहरूका विषयमा  अष्ट्रेलिया १४ देशहरूको समूहको एक हिस्सा थियो जसले हुथी विद्रोहीहरूलाई लाल सागरमा सामुद्रिक गतिविधिमा आक्रमण गरिरह्यो भने त्यसको परिणाम भोग्नुपर्नेछ भनी चेतावनी दिदै विज्ञप्ति जारी गरेको थियो । 

‘उनीहरूले सामुद्रिक र नौसैनिक सम्पत्तिहरूमा आक्रमण जारी राखेका छन्। परिणामस्वरूप  त्यसको विरुद्ध आज आक्रमण भएको छ।’ उनले भने।  यद्यपि अष्ट्रेलियाले डिसेम्बरमा ‘अन्तराष्ट्रिय ढुवानी लेनहरू सुरक्षित गर्न मद्दत गर्नू लाल सागरमा रोयल अष्ट्रेलियन नौसेना युद्धपोत पठाउन संयुक्त राज्य अमेरिकाको अनुरोधलाई अस्वीकार गरेको थियो ।

साथै सरकारले बहराइनमा रहेको ३९ राष्ट्रको कम्बाइन्ड मेरिटाइम फोर्स कमान्डमा अष्ट्रेलियाली रक्षा बलका अतिरिक्त अधिकारीहरू तैनाथ गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ४ : ४६ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून