प्रचण्ड, ओली र देउवा शीतलनिवासमा « Khabarhub

प्रचण्ड, ओली र देउवा शीतलनिवासमा

राष्ट्रपतिले गराए ध्यानाकर्षण


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सबै मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शीतलनिवासमा बोलाएर ध्यानाकर्षण गराएका  हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले राजनीतिक दललाई आफूहरूले मिलेर ल्याएको सङ्घीयता कार्यान्वयन गर्न प्रदेशलाई अधिकार दिने गरी तत्काल कानुन पनि मिलेर बनाउन सुझाएका छन् । निमुखाले न्याय पाउने गरी सुशासन कायम गर्न पनि राष्ट्रपति पौडेलले नेताहरुको ध्यानाकर्षण गराएको पोखरेलले बताए  । 

राष्ट्रपति पौडेलले त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिमा क्षमतावान् प्राज्ञ ल्याएर यही मौकामा विश्वविद्यालय सुधारको अभियान शुरु गर्न पनि ध्यानाकर्षण गराएका थिए।

राष्ट्रपति पौडेलको ध्यानाकर्षणलाई नेताहरूले सकारात्मक रुपमा लिएको शीतलनिवास स्रोतको दाबी छ ।
राप्रपाले आयोजना गरेको राष्ट्रिय एकता दिवसमा सहभागी भएका शीर्ष नेताहरु त्यसपछि शीतलनिवास पुगेका थिए ।

 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ५ : ४३ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको