सकारात्मक मनोवृत्तिकासाथ काम गरे समाज परिवर्तन सहज : महानिरीक्षक कुँवर « Khabarhub

सकारात्मक मनोवृत्तिकासाथ काम गरे समाज परिवर्तन सहज : महानिरीक्षक कुँवर


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सकारात्मक मनोवृत्तिका साथ नागरिक कर्तव्यलाई केन्द्रविन्दुमा राखेर अगाडि जान सके समाज परिवर्तन सहज हुने बताएका छन् ।

‘म बदिलन्छु अनि मेरो देश बदिलन्छ’ भन्ने नाराका साथ आज काठमाडौँ फोहर संकलन दौड अभियानका क्रममा नक्सालमा आयोजित समारोहमा उनले भने , ‘यस अभियानले स्वभाविकरूपमा समाजमा चेतना फैलाउने छ,  समाज रूपान्तरणका लागि हरेक नागरिकले आफ्नो जिम्मेवारी पूरा गर्ने हकमा महत्त्वपूर्ण काम गर्ने छ ।’ अधिकार र कर्तव्यलाई एकै साथ लिएर जान नसकेकाले सबै किसिमको समस्या आउने गरेकाले युवावर्गले त्यसप्रति विशेष चासो दिनुपर्नेमा उनले जोड दिए। 

त्यस अवसरमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र नेपाल टेलिकमका प्रबन्धक हरि ढकालले शुभकामनसहित आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए  ।

नक्सालस्थित नारायण चौरबाट फोहर सङकलन गर्दै सुरु भएको उक्त दौड अभियान नागपोखरी, नारायणहिटी दरबारको प्रमुखद्वार, केशरमहल चोक, लैनचौर, एम्बेस्डर होटल हुँदै पुनः नारायणचौरमा पुगेर सम्पन्न भएको थियो ।

दौडमा प्रथम हुनेलाई रु ५० हजार, द्वितीय हुनेलाई रु २५ हजार, तृतीय हुनेलाई रु १५ हजार तथा चौथो हुनेलाई रु पाँच हजार पुरस्कारसमेत प्रदान गरिएको थियो । दौड अभियानमा नेपाल प्रहरीका कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ६ : ०९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको