लागूऔषधसहित ८ जना पक्राउ « Khabarhub

लागूऔषधसहित ८ जना पक्राउ


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २० ग्रामसहित झापा कमल गाउँपालिका-१ सरणपाडा बस्ने २८ वर्षीय सन्देश पाठकलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगा समेतबाट खटिएको प्रहरीले काँकरभिट्टादेखि काठमाडौं तर्फ आउँदै गरेको प्रदेश-१-००१ ख ३८४४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

झापाको मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेची पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ४ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचिनगर नगरपालिका-१० धुलावारी बस्ने ४६ वर्षीय मोहन राजवंशी र उनकै श्रीमती ३६ वर्षीया दिल कुमारी राजवंशी रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१५ प ८८११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकी मुनीको भागमा लुकाई राखेको उक्त पदार्थ फेला पारी स्कुटरमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

कैलालीको धनगढी उपमहानगरपालिका-१ कैलालीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ४ सय २० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय संजय चौधरी र गौरीगंगा नगरपालिका-८ बस्ने २९ वर्षीय हरिश चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका-१३ संगमटोल बस्ने २३ वर्षीय सागर परियारलाई अवैध लागूऔषध गाँजा २ किलो ८ सय ६५ ग्राम, फेनरागनएम्पुल, डाईजेपामएम्पुल, नुर्फिनएम्पुल र नगद ६ हजार १ सय १५ रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई राखेको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६१ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने २८ वर्षीय अशोक कार्कीलाई प्रहरीले पक्राउ गरेको  छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका-१४ कोलटाँडीबाट अवैध लागूऔषध ब्राउनसुगर ३ सय ७० मिलिग्रामसहित रूपन्देही तिलोत्तमा नगरपालिका-२ बस्ने २८ वर्षीय रवि सोम मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सुनौलीबाट काठमाडौं तर्फ जाँदै गरेको लु.२ ख ६५७० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १२ : ०१ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा