मुलुकको समृद्धिका लागि वैज्ञानिक समाजवाद आवश्यक : माधव नेपाल « Khabarhub

मुलुकको समृद्धिका लागि वैज्ञानिक समाजवाद आवश्यक : माधव नेपाल


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समानता र समतामूलक समाज निर्माणका लागि वैज्ञानिक समाजवाद आवश्यक रहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी)को तेस्रो वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले देशलाई समृद्ध बनाउन र जनताको जीवनलाई सुखी बनाउन मुलुकमा समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताए। 

समाजवादको कार्यभार आफ्नो पार्टीले अवलम्बन गरिरहेको बताउँदै उनले भने, ‘जनवर्गीय सङ्गठनहरू पार्टीको यस कार्यभारलाई पूरा गर्नेगरी जनस्तरमा काम गर्नुपर्छ ।’ 

त्यस अवसरमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पर्टीपङ्क्तिलाई इमान्दारिताका साथ पार्टी विस्तारमा लाग्न निर्देशन दिए । पार्टीको आन्तरिक समस्या पार्टी कमिटीका बैठकमा राख्नुपर्ने बताउँदै उनले भने , ‘हामीबीचमा केही समस्या छन् भने प्रदेश कमिटीका नेताहरू छन् । त्यहाँ पनि कार्यकर्ताका गुनासा सम्बोधन भएनन् भने केन्द्रीय सङ्गठन, पदाधिकारी छौँ । यहाँसम्म आएर आफ्ना कुरा राख्नुहोला ।’

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ७ : १९ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको