विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

आज पुस २७ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जनवरी १२, २०२४ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

लालसागरमा अमेरिका र बेलायती सेनाको कारबाही शुरु
अमेरिका र बेलायती सेनाको एयरफोर्सले मध्यपूर्वी मुलुक यमनमा हुती विद्रोहीको खडामाथि विहीबार मध्यरातिदेखि हमला सुरु गरेका छन् । लालसागरमा भएको यो कारवाहीले मध्यपूर्वी देशहरूको क्षेत्री सन्तुलनमा उथलपुथल ल्याउने अनुमान गरिए पनि यो सैन्य कारवाही लालसागरको अन्तर्राष्ट्रिय समुद्री बाटोको सुरक्षा चुनौती समाप्त गर्ने मात्र उद्देश्य रहेको गठबन्धन देशहरूको दाबी छ ।

इजरालयले गाजामाथि आक्रमण गरिरहेकै बेला इजरायलका सहयोगी देशहरूले यमनको हुती विद्रोहीमाथि हमला थालेका हुन् । यमनका हुती विद्रोहीहरू इजरायलको विरुद्धमा लडिरहेका छन् । उनीहरूलाई इरानको साथ रहेको बताइँदै आएको छ ।

साउदी अरेबियाले भने हुती विद्रोहीको विपक्षमा यमन सरकारलाई साथ दिँदै आएको छ । तर, यो हुतीमाथिको आक्रमण सुरु भएपछि साउदीले संयम अपनाउन अमेरिका र बेलायतलाई भनेको छ ।

व्यापारिक महत्वको लाल सागरमा हुती विद्रोहीले पानीजहाजमाथि आक्रमण गरेपछि त्यसैको जबाफी कारवाही थालिएको अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रतिक्रिया छ ।

यमनको ठूलो हिस्सा हुती विद्रोहीहरुको कब्जामा छ । उनीहरु हमासविरुद्ध लडिरहेको इजरायलको विरुद्धमा छन् ।
गत अक्टोबरदेखि आजसम्म हुती विद्रोहीले लालसागरको अन्तर्राष्ट्रिय समुद्री बाटोमा २७ वटा जहाजमाथि हमला गरेका छन् । विद्रोहीको हमलाबाट ५५ देशको व्यापार प्रभावित अमेरिकी सेन्ट्रल कमान्डको दाबी छ ।

अहिलेसम्मको विवरण अनुसार समनको राजधानी सना, लालसागरको हुदैदा बन्दरगाह, धामार र उत्तर–पश्चिममा अवस्थित हुती विद्रोहीको गढमा गठबन्धन सेनाको एयर फोर्सले आक्रमण गरेको छ ।

हुती विद्रोही विरुद्ध अमेरिका र बेलायतले थालेको कारवाहीमा नेदरल्याण्डस्, अष्ट्रेलिया, क्यानडा र बहराइनको पनि साथ रहेको बीबीसीले जनाएको छ ।

अमेरिकाले विहीबार राति २ बजेर ३० मिनेट जाँदा हुती विद्रोहीको अखडामा हवाई हमला गरेको थियो । यसक्रममा हुतीको राडार सिस्टम, एयर डिफेन्स सिस्टम र हतियारको भण्डारणलाई निशाना बनाइएको छ । साथै हुती विद्रोहीले ड्रोन आक्रमण, क्रुज मिसाइल र ब्यालेस्टिक मिसाइल हमलामा प्रयोग गर्ने स्थानलाई पनि गठबन्धन सेनाले निशाना बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख छ ।

अष्ट्रेलियाद्वारा यमनमा हवाई आक्रमणलाई समर्थन गरेको पुष्टि
अष्ट्रेलिया सरकारले यमनमा हुथी सैन्य स्थलहरूमा हवाई आक्रमणमा आफ्नो देशको संलग्नता रहेको पुष्टि गरेको छ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्ल्सले शुक्रबार बिहान हुथी विद्रोहीमाथि अमेरिका र बेलायतले गरेको आक्रमणलाई अष्ट्रेलियाले समर्थन गरेको बताउनु भएको छ।

मार्लेसले पत्रकार सम्मेलनमा पत्रकारहरूलाई जानकारी गराउनु भए अनुसार हुथिहरूका विषयमा अष्ट्रेलिया १४ देशहरूको समूहको एक हिस्सा थियो जसले हुथी विद्रोहीहरूलाई लाल सागरमा सामुद्रिक गतिविधिमा आक्रमण गरिरह्यो भने त्यसको परिणाम भोग्नुपर्नेछ भनी चेतावनी दिदै विज्ञप्ति जारी गरेको थियो ।

‘उनीहरूले सामुद्रिक र नौसैनिक सम्पत्तिहरूमा आक्रमण जारी राखेका छन्। परिणामस्वरूप त्यसको विरुद्ध आज आक्रमण भएको छ।’ उनले भने। यद्यपि अष्ट्रेलियाले डिसेम्बरमा ‘अन्तराष्ट्रिय ढुवानी लेनहरू सुरक्षित गर्न मद्दत गर्नू लाल सागरमा रोयल अष्ट्रेलियन नौसेना युद्धपोत पठाउन संयुक्त राज्य अमेरिकाको अनुरोधलाई अस्वीकार गरेको थियो ।

साथै सरकारले बहराइनमा रहेको ३९ राष्ट्रको कम्बाइन्ड मेरिटाइम फोर्स कमान्डमा अष्ट्रेलियाली रक्षा बलका अतिरिक्त अधिकारीहरू तैनाथ गर्ने प्रतिबद्धता जनाएको छ।

क्रेमलिनद्वारा यमनमा अमेरिका र बेलायतले गरेको आक्रमणको निन्दा
क्रेमलिनले शुक्रबार यमनमा इरान समर्थित हुथीहरूमाथि अमेरिका र बेलायतले गरेको ‘अवैध’ आक्रमणको निन्दा गरेको छ ।

गाजामा युद्धबाट प्रभावित क्षेत्र मध्यपूर्वमा पश्चिमी हस्तक्षेपविरुद्ध मस्कोले विरोध गरेको छ । शुक्रबार बेलायती र अमेरिकी आक्रमणबारे टिप्पणी गर्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भने, ‘हामी उनीहरूको निन्दा गर्छौ, अन्तर्राष्ट्रिय कानूनको दृष्टिकोणबाट तिनीहरू अवैध छन् ।’

अमेरिकी र बेलायती आक्रमण लाल सागरमा यात्रा गरिरहेका इजराइल–सम्बन्धित जहाजहरूमाथि हुथी आक्रमणको प्रतिक्रियामा भएका हुन् । क्रेमलिनले भनेको छ, ‘हामीले बारम्बार हुथीहरूलाई यस्तो अभ्यास छाडन् र यसलाई अत्यन्त गलत मान्न आग्रह गरेका छौँ ।’

हुथिसको अल-मसिरा टिभी स्टेसनका अनुसार अमेरिकी र बेलायती आक्रमणले एउटा एयरबेस, विमानस्थल र अर्को सैन्य शिविरलाई निशाना बनाएका छन् । रुसको विदेश मन्त्रालयका प्रवक्ताले यसअघि आक्रमणलाई ‘क्षेत्रमा तनाव बढाउने उद्देश्यले अन्तर्राष्ट्रिय कानूनको पूर्ण उल्लङ्घन’ भनेको थियो ।

चीन र रूसबीचको व्यापारमा वृद्धि
चीन र रूसबीचको व्यापार सन् २०२३ मा उच्च बिन्दुमा पुगेको बेइजिङको आधिकारिक तथ्यांकले शुक्रबार देखाएको छ । भूराजनीतिक तनावका कारण चीनको संयुक्त राज्य अमेरिकासँगको व्यापारमा चार वर्षमा पहिलो पटक गिरावट आएको छ ।

चीन र रूसबीचको व्यापार २४० अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको चिनियाँ भन्सार विभागको तथ्यांकले देखाएको छ । सन् २०२२ मा मस्कोले युक्रेनमाथि गरेको आक्रमणपछि राजनीतिक र आर्थिक रुपमा नजिकिएका यी दुई मुलुकका लागि यो आँकडा ऐतिहासिक हो ।

तथ्यांकअनुसार व्यापारको आँकडाले वार्षिक रूपमा २६.३ प्रतिशतको वृद्धिलाई प्रतिनिधित्व गर्दछ । चीनले युक्रेन युद्धबारे मस्कोको आक्रमणको आलोचना गर्न अस्वीकार गरेको छ ।

चीनले आफू तटस्थ रहेको दाबी गर्दै आएको युक्रेन युद्धबारेको चिनियाँ अडानलाई लिएर बेइजिङले पश्चिमा देशहरूबाट आलोचना खेप्दै आएको छ । सन् २०१९ पछि पहिलो पटक अमेरिका र चीनबीचको व्यापारमा गिरावट आएको छ ।

सन् २०२२ को तुलनामा गत वर्ष अमेरिकासँगको व्यापार ११.६ प्रतिशतले घटेर ६६४ अर्ब अमेरिकी डलर पुगेको थियो । सामान्य भन्सार प्रशासनका उपमन्त्री वाङ लिङ्जुनले पत्रकार सम्मेलनमा बोल्दै सन् २०२४ मा नेपालको व्यापारमा थप अवरोध आउने बताए ।

सन् २०१६ पछि चीनको निर्यात ४।६ प्रतिशतले घटेको छ भने आयात ५.५ प्रतिशतले घटेको छ । शुक्रबार पनि घरेलु मोर्चामा निराशाजनक आर्थिक आँकडाहरू देखा परेका छन् । राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) को तथ्याङ्कले चीनमा गिरावट डिसेम्बरमा लगातार तेस्रो महिना जारी रहेको देखाउँछ ।

उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा अघिल्लो बर्षको अन्तिम तीन महिनाको तुलनामा ०.३ प्रतिशतले कमी आएको छ ।

गत वर्षको जुलाईमा चीन सन् २०२१ पछि पहिलो पटक मुद्रास्फीतिको समस्यामा फसेको थियो तर यसमा अगस्ट देखि नै सुधार देखिएको सेप्टेम्बरदेखि नै मूल्यमा निरन्तर गिरावट आएको छ ।

ब्लुमबर्गले गरेको सर्वेक्षणमा विश्लेषकहरूले नोभेम्बरमा ०.५ प्रतिशतले घटेको मुद्रास्फीतिमा गत महिना ०।४ प्रतिशतले गिरावट आउने अनुमान गरेका थिए ।

अपस्फीतिले वस्तुहरू सस्ता थिए भन्ने सुझाव दिन्छ र बृहत् अर्थव्यवस्थाको लागि खतरा उत्पन्न गर्दछ किनकि उपभोक्ताहरू थप कटौतीको आशामा खरीद स्थगित गर्छन् । मागको कमीले कम्पनीहरूलाई उत्पादन कटौती गर्न, रोजगारी भर्ना रोक्न वा कामदारहरूलाई हटाउन बाध्य पार्न सक्छ । यसका कारण लागतहरू समान हुँदाहुँदै पनि लाभप्रदतालाई कम गर्न विद्यमान स्टकहरूमा छुट दिन पनि बाध्य हुन सक्छ ।

एनबीएसका अनुसार उत्पादकको मूल्यमा २.७ प्रतिशतले गिरावट आएको छ, जुन लगातार १५ औं महिना हो ।

इयुसँग घनिष्ठ सम्बन्ध चाहेको चिनियाँ राष्ट्रपति सीको भनाइ
चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो मुलुक युरोपसँगको सम्बन्ध सुदृढ गर्न इच्छुक रहेको बताएका छन् । बेइजिङमा बेल्जियमका प्रधानमन्त्री अलेक्जेन्डर डि क्रोसँगको भेटमा उनले सो कुरा बताएका हुन् ।

बिहीबार डि क्रो चीन पुगे र बेइजिङमा बेल्जियमको नयाँ दूतावासको उद्घाटनमा सरिक भए। सोही दिन उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरे ।

बेइजिङ र इयु प्रमुख व्यापार साझेदार हुन् तर इयुले हालै प्रविधि र अन्य क्षेत्रमा चीनमाथि निर्भरता कम गर्ने संकेत दिएको छ । बेइजिङको सस्तो विद्युतीय सवारीको उत्पादनले युरोपेली प्रतिद्वन्द्वीहरूलाई चिन्तित बनाएको भन्ने आरोपपछि इयुले घरेलु विद्युतीय सवारी निर्माताहरूका लागि चिनियाँ अनुदानको अनुसन्धान सुरु गरेको छ । बेइजिङले ती आरोपको खण्डन गरेको छ ।

साथै हालैका वर्षमा चीन र पश्चिमबीच बिग्रँदो सम्बन्धहरूले एआई, गलत सूचना र डाटा सुरक्षाले उत्पन्न सम्भावित कमजोरीमाथि ब्रसेल्समा चिन्ता उत्पन्न गरेको छ ।

उनका अनुसार दुवै नेताले युक्रेनमाथि रुसी आक्रमणबारे पनि कुराकानी भएको छ । युक्रेनमाथि रुसको आक्रमणलाई लिएर बेइजिङले मस्कोको निन्दा गर्न अस्वीकार गर्दा चीन र युरोपबीचको सम्बन्धलाई तनावपूर्ण बनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ८ : ०० बजे

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल