राष्ट्रिय ब्याडमिन्टन : प्रिन्स र रशिला उपाधि नजिक « Khabarhub

राष्ट्रिय ब्याडमिन्टन : प्रिन्स र रशिला उपाधि नजिक


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सशस्त्र प्रहरी बल (एपिएफ)का प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनमा पुगेका छन् ।

प्रिन्सले एपिएफका देवराज रानालाई २१–१०, २१–१२ ले पराजित गर्दै उपाधिका लागि आर्मीका प्रफुल महर्जनसँगको भेट पक्का गरे भने प्रफुलले पुलिस क्लबका विष्णु कटुवाललाई २१–१५, २१–१२ ले पराजित गर्दै फाइनल पुगेका हुन् ।

महिलातर्फको खेलमा आर्मीकी रशिला महर्जनले आर्मीकै अमिता गिरीमाथि २१–५, २१–१७ को सहज जित निकाल्दै आर्मीकै अनुमाया राईसँगको भेट पक्का गरेकी छन् । अनुले कस्तुरी कलेजकी सिमा राजवंशीमाथि २१–१८, २१–१४ को जित हात पारिन् ।

लाखेपोखरी बौद्धस्थित स्पोर्ट्स हवको आयोजनामा भएको उक्त प्रतियोगिताका भेट्रान ३५ वर्षमाथिको खेलमा कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले न्यू बिएसका नारायण गौतम र आरिफ मलिकको जोडीलाई २१–१८, २१–१४ ले र चितवनका विद्वान गुरुङ र अमर रायमाझीको जोडीले चन्द्रागिरिका माधव ढकाल र प्रमोद महर्जनको जोडीलाई २१–११, १९–२१, २१–१४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।

यसैगरी पिस फिटनेश सेन्टरका सञ्जय कपाली र अनिल थाम्सुहाङ्गको जोडीले आयोजक स्पोर्टस् हवका लाक्पा तेङ्गी तामाङ र श्याम तामाङको जोडीलाई २१–१३, २१–१५ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरे । पुरुष शीर्ष २० बरियता बाहेकको युगल प्रतियोगितामा कास्कीका विधान अधिकारी र पविन लिनथेपको जोडीले सूर्यदर्शन युनिटीका महेश खड्का र दीपक रानाको जोडीलाई २१–१६, २१–१६ को समान अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन् ।

यस्तै सेमिफाइनमा स्थान बनाउने क्रममा एपिएफका भोजबहादुर गुरुङ र सन्तोष पनेरुको जोडीले बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमन शाक्यको जोडीलाई २१–१८, १९–२१, २१–१७, स्पोर्टस् हवका अभिषेक गुरुङ र निश्चल कार्कीको जोडीले धादिङका लक्ष्मण मल्ल ठकुरी र देवीनगरका राम मल्ल ठकुरीको जोडीलाई २१–१५, २०–२२, २१–१७, नखिपोटका विवेक कन्दङ्गवा र नेल्सन राईको जोडीले लाफाका मनोज फौदार र विवेक न्यौपानेको जोडीलाई २१–१७, २१–१९ ले पराजित गरे ।

पुरुष भेट्रान युगल ४५ वर्षमाथिको प्रतिस्पर्धामा पिस फिटनेस सेन्टरका सञ्जय कपाली र अनिल थाम्सुहाङ्ग, तिलक छन्त्याल र हिरा रोका, एपिएफका धीरेन्द्र चन्द र गण्डकीका टीका थापा तथा चन्द्रागिरिका हरि खत्री र राजकुमार पोखरेलको जोडी पनि सेमिफाइनलमा स्थान पक्का गर्न सफल भएका छन् । प्रतियोगिताको फाइनल खेल भोलि शनिबार हुनेछ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ९ : १३ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा