सामाजिक सेवालाई राजनीतिक आँखाले हेर्न हुँदैन : आरजु राणा « Khabarhub

सामाजिक सेवालाई राजनीतिक आँखाले हेर्न हुँदैन : आरजु राणा


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बाँके – नेपाली कांग्रेसकी नेता डा आरजु राणा देउवाले सामाजिक सेवालाई राजनीतिक दृष्टिल हेर्न नहुने धारणा राखेकी छन् । जाजरकोटका भूकम्पपीडित सुत्केरी, गर्भवती तथा सिमान्तकृत महिलालाई ‘डिग्निटी किट’ तथा पौष्टिक तथा पोषिलो आहारसहितको झोला हस्तान्तरणका अवसरमा उनले सामाजिक सेवामा राजनीति घुसाउन नहुने बताइन् ।

नेता राणाले भनिन्, “यो सामाजिक सेवा हो, पार्टीगत कुरा हँुदैन, यसमा राजनीति छैन, जसलाई पर्छ उसैलाई सहयोग गर्ने हो । तरुण दलले जागरकोट पुगेर घर बनाउने काम ग¥यो त्यसपछि तरुण दलकै विश्वासमा उहाँहरुसँगै यी सामग्री पीडितका लागि पठाइएको हो ।”

प्रतिनिधिसभा सदस्य एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति समेत रहेकी डा राणाले विपद्का बेला नागरिकलाई सहयोग गर्नु दायित्व भएको बताइन् । उनले भनिन्, “सामाजिक कार्यकर्ता भएको नाताले पहिलेदेखि सहयोग गर्दै आएको हो, जाजरकोट भूकम्पका कारण गर्भवती, सुत्केरीलाई धेरै गाह्रो छ भन्ने जानकारी आएपछि सहयोगका लागि यहाँ आएका हौँ ।”

त्यस अवसरमा तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङले आफूहरु भूकम्पपछि जाजरकोट पुगेर अस्थायी टहरा निर्माण गरी फर्केको र भूकम्पपीडितको अवस्था अत्यन्त दयनीय रहेको बताइनु । “त्रिपालमुनि बसेका ७२ परिवारलाई हामीले १० दिनभित्र अस्थायी टहरामा सार्न सफल भयौँ”, उनले भनिन्, “यी सामग्री हामी जाजरकोटका पीडितको हातमा पु¥याउँछौँ ।”

डिग्निटी किट एवम् पौष्टिक तथा पोषिलो आहारसहितको एक हजार थान झोला भूकम्प प्रभावित गर्भवती, सुत्केरी तथा सीमान्तकृत महिलालाई वितरण गरिनेछ ।

अठार प्रकारको सामग्री भएको किटको सङ्ख्या पाँच सय थान र १५ प्रकारको सामग्री भएको किटको संख्या पाँच सय थान छ । वितरण गरिने सामग्रीमा ज्याकेट तथा ट्राउजर, उनीको मोजा, स्यानेटरी प्याड, बच्चाको कम्मल र कपडा, तौलियालगायत छन् ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १० : ४६ बजे

सबैभन्दा बढी वर्षा रौतहटमा

काठमाडौं– मनसुनी गतिविधि जारी रहे पनि अगस्ट महिनासम्म आइपुग्दा यस

डेन्यूबमा युद्धपोत फेरि देखिए

एजेन्सी– युरोपको दोस्रो लामो डेन्यूब नदीमा खडेरीका कारण पानीको सतह

न्यायपालिकामाथि प्रश्न उठाउने ३ संस्थासँग स्पष्टीकरण माग्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायीपालिका

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक

पोखरा महानगरपालिका प्रमुख आचार्यसँग नेपालका लागि इजरायली राजदूतको भेट

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपालका लागि इजरायलका राजदूत