शयन कक्षमा कस्तो रङ्ग र वालपेपर लगाउने ? « Khabarhub

शयन कक्षमा कस्तो रङ्ग र वालपेपर लगाउने ?


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुत्ने कोठालाई सुन्दर र चिटिक्क पारे तपाईँको वैवाहिक जीवन सुख र प्रेमले भरिपूर्ण हुन्छ ।

वैवाहिक जीवन प्रेमले भरिपूर्ण बनाउन अथवा घरको सौन्दर्य बढाउन पेन्टिङ र वालपेपरको माध्यमबाट घरको भित्तालाई अझ सुन्दर बनाउन सकिन्छ ।

यदि तपाईँ विवाहित हुनुहुन्छ भने पति–पत्नीको कोठालाई आकर्षित बनाउँदा दुईबीच रोमान्स र घरमा सकारात्मक ऊर्जा पनि फैलिन्छ ।

रंगले मान्छेको मनोभावसँग सोझो सम्बन्ध राख्ने भएकाले कस्तो रङ्ग लगाउने भन्ने कुरा जान्न जरुरी छ ।

दम्पतीको कोठामा मन्द किसिमको क्रिम रङ्ग, सेता र गुलाबी रङ्गको समायोजन उचित हुन्छ । यी रङ्गले माया, आकर्षण र सकारात्मक सोच बढाउन सहयोग गर्नेछ ।

कस्तो रङ शुभ हुन्छ ?

वास्तुशास्त्र अनुसार सुत्ने कोठामा दक्षिणमुखी भित्तामा मरुन वा गाढा पहेँलो रङ्गको प्रयोग गर्नु निकै शुभ मानिएको छ ।  श्रीमान् श्रीमती सुत्ने कोठामा कालो रंग लगाउनुलाई शुभ मानिँदैन । कोठामा  नीलो रङ्गको वालपेपर इन्स्टल गर्नाले श्रीमान् श्रीमतीलाई समस्या आउन सक्छ । यस्ता रंगले आवेग र क्रोध बढाउन सक्छ ।

थ्री डी वालपेपरलाई उत्तर वा पूर्व दिशामा राख्नु हुँदैन । यसलाई दक्षिण वा पश्चिम दिशाको भित्तामा प्रयोग गर्नु हुँदैन ।

कतिपयले कोठाको चारै भित्तामा वालपेपर लगाउँछन् तर वास्तुका अनुसार त्यसो गर्नु अशुभ मानिन्छ । सिन्थेटिक वालपेपरले जीवनमा समस्या निम्त्याउँछ र स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्न सक्छ ।

दम्पतीको शयन कक्षमा प्रेमिल भाव दर्शाउने चराको जोडीको फोटो राख्नु उपयुक्त हुन्छ । कोठामा हिंस्रक खालको, दुःखलाग्दो, युद्धको फोटो राख्नु हुँदैन । 

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ६ : ५९ बजे

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत

सडक किनारमा नगरपालिकाको बेसार खेती

धनकुटा– स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन

बीस क्विन्टल गाँजासहित दुईजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट