अफ्रिकन कप अफ नेसन्स : आइभरी कोष्टलाई उपाधि « Khabarhub

अफ्रिकन कप अफ नेसन्स : आइभरी कोष्टलाई उपाधि


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफ्रिकन कप अफ नेसन्सको उपाधि आइभरी कोष्टले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा नाइजेरियालाई २–१ गोलले हराउँदै आइभरी कोष्ट च्याम्पियन बनेको हो ।

आइभरी कोष्टको जितमा फ्रयाङ्क केस्सीए र सेबासटीएन हल्लेरले एक–एक गोल गरेका थिए । त्यस्तै नाइजेरियाका लागि विलियम ट्रोस्ट एकोंगले एक गोल गरेका थिए ।

खेलको पहिलो हाफमा १–० गोलले पछि परेको आइभरी कोष्टले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै उपाधि जितेको हो ।

आइभरी कोष्टका लागि निर्णायक गोल गर्ने हल्लेर १९ महिना अघि क्यान्सरलाई जितेर मैदानमा फर्किएका थिए । उनकै निर्णायक गोलमा आइभरी कोष्ट अफ्रिकाको च्याम्पियन बनेको छ ।

यो सँगै आइभरी कोष्टले तेस्रो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको छ । यस अघि आइभरी कोष्टले सन् १९९२ र २०१५ मा  अफ्रिकन कप जितेको थियो ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ७ : ३८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार