अफ्रिकन कप अफ नेसन्स : आइभरी कोष्टलाई उपाधि « Khabarhub

अफ्रिकन कप अफ नेसन्स : आइभरी कोष्टलाई उपाधि


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफ्रिकन कप अफ नेसन्सको उपाधि आइभरी कोष्टले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा नाइजेरियालाई २–१ गोलले हराउँदै आइभरी कोष्ट च्याम्पियन बनेको हो ।

आइभरी कोष्टको जितमा फ्रयाङ्क केस्सीए र सेबासटीएन हल्लेरले एक–एक गोल गरेका थिए । त्यस्तै नाइजेरियाका लागि विलियम ट्रोस्ट एकोंगले एक गोल गरेका थिए ।

खेलको पहिलो हाफमा १–० गोलले पछि परेको आइभरी कोष्टले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै उपाधि जितेको हो ।

आइभरी कोष्टका लागि निर्णायक गोल गर्ने हल्लेर १९ महिना अघि क्यान्सरलाई जितेर मैदानमा फर्किएका थिए । उनकै निर्णायक गोलमा आइभरी कोष्ट अफ्रिकाको च्याम्पियन बनेको छ ।

यो सँगै आइभरी कोष्टले तेस्रो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको छ । यस अघि आइभरी कोष्टले सन् १९९२ र २०१५ मा  अफ्रिकन कप जितेको थियो ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ७ : ३८ बजे

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको