नुवाकोट महोत्सवमा लोपोन्मुख घोडा नाचको आकर्षण | Khabarhub Khabarhub

नुवाकोट महोत्सवमा लोपोन्मुख घोडा नाचको आकर्षण


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नुवाकोटको विदुरमा जारी आठौँ नुवाकोट महोत्सव अवलोकन गर्न आउनेलाई किस्पाङ गाउँपालिका– ४ साल्मेका तामाङ समुदायद्वारा प्रस्तुत  घोडा नाचले आकर्षित  बनाएको छ ।

तामाङ समुदायको जातीय उत्पत्तिसहित सामाजिक, आर्थिक र धार्मिक मान्यताका विभिन्न किम्वदन्ती जोडिएको घोडा नाच लोप हुन नदिन महोत्सवमा घोडा नाचको प्रस्तुत गरिएको हो ।

आधुनिकतासँगै हराउँदै गएको उक्त नाचलाई संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारको लागि किस्पाङ– ४ मा सङ्गम छेज्यु सांस्कृतिक मेला एवं घोडा नाच प्रदर्शन समूह स्थापना गरेर पर्वहरूमा अभ्याससहितको प्रदर्शनी थालिएको हो ।

परापूर्व समयदेखि छेच्यु अन्तर्गत समूहमा खेलिने ऐतिहासिक घोडा नाच लोपोन्मुख अवस्थामा पुगेसँगै हाल स्थानीय सरकारको सहयोगमा संरक्षणमा जोड दिइएको किस्पाङ–४ का वडाध्यक्ष बिनोद तामाङले जानकारी दिए । उनका अनुसार घोडचढीको सन्दर्भका यथार्थ चित्रणलाई जोडेर घोडा नाचको प्रचलनलाई निरन्तरता दिइएको हो ।

‘मञ्जुश्री संवत्अनुसार तामाङ समुदायको नयाँ वर्षको अवसरमा मनाइने छेज्यु पर्वमा देखाइने चेमामध्येको एक तपु स्यप (घोडचढी नृत्य) मौलिक संस्कृति हो’ उनले भने, ‘घोडचढी नाचमा सैनिकको आकृति र स्वरूप दिन दाया हातमा तरबार, बायाँ हातमा ढाल र अनुहारमा रङ लगाएर प्रतिस्पर्धा गरिन्छ । अन्य सहायक सैनिकको हातमा भाला, धनुषलगायतका युद्धकौशलका सामग्री हुन्छ ।’

घोडचढी बनेर नाच्न मानिसले शरीरका दुवैतर्फ काठ बाँधी घोडाको आकृति बनाएको हुनाले दृष्य र प्रस्तुत रोमाञ्चक मानिने गरिएको छ । नाचको नेतृत्वले झ्याम्टा र ढ्याङ्ग्रोको तालमा दुवैतर्फबाट लामा सहभागी हुने भएकाले यस नाचलाई समूहमा प्रस्तुत गर्ने गरिएको साल्मेका ज्येष्ठ नागरिक चोक्ता लामाले जानकारी दिए ।

शालिनरुपमा सुरु हुने प्रस्तुतिमा घोडाको उत्पत्ति कहाँ भएकोबाट सुरु भएर क्रमशः युद्धमा परिणत हुँदै दुवै पक्षको जितको निष्कर्षसहितको समापन गर्ने भएकाले घोडानाचमा सद्भाव र युद्धको समिश्रण पाइने घोडा नाचको संरक्षणमा जुटेका लामाको भनाइ छ ।

‘वीर रसमा आधारित नृत्य भएको हुँदा युद्ध, लखेटालखेट, काटमार र लुकिछिपीको अभिनयले नाचलाई आकर्षण र अवधि बढाउँछ’, उनले भने, ‘गोरखाली राजाहरु प्रवेश गर्नासाथ तिब्बती राजा युद्धमा होमिन्छन् । तेस्रो पटकको युद्धमा ‘कसैले पनि नहारे’ निष्कर्षमा सहमति जुट्दछ ।’

गोर्खालीले आफ्नो चामलसँग तिब्बतीको नुन साटेर मित्रवत् व्यवहार गर्दै संयुक्त विजय उत्सव मनाएर घोडा नाचको ‘युद्ध नृत्य’ अन्त्य हुन्छ । यसबाट तामाङ समुदायको उत्पत्तिसहित सामाजिक, आर्थिक र धार्मिक मान्यता जोडिन्छ ।

युद्ध तथा अन्य कारणले दिवङ्गत भएका व्यक्तिको भड्किएको आत्माको चिरशान्तिको कामना र कुलदेवता खुसी बनाई समाजमा सुख एवं शान्ति मिल्छ भन्ने विश्वासमा नुवाकोटको किस्पाङ गाँउपालिका–४ साल्मेमा हरेक वर्ष माघ ३ गतेदेखि ७ गतेसम्म छेज्यु पर्व मनाइने गरिएको छ । उक्त पर्वमा घोडा नाचलाई अनिवार्य सामेल गराइन्छ ।

नुवाकोटको किस्पाङसहित म्यागङ गाउँपालिका र रसुवा र धादिङमा घोडा नाचको प्रस्तुती देखाइने गरिएको छ । आधुनिकतासँगै हराउँदै गएको संस्कृतिले असर  पुर्‍याएसँगै किस्पाङ गाउँपालिकाले मेला महोत्सवसहित औपचारिक कार्यक्रममा घोडा नाचलाई सहभागी गराउन थालिएको उपाध्यक्ष अर्जुन न्यौपानेले बताए ।

 

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १० : ४५ बजे

३० लाख पैदलयात्रीको सकस : हिँडे पोलमा ठोक्किने त्रास, नहिँडे धुलो धुवाँभित्र बास

काठमाडौंका सडक पेटी/फुटपाथ भन्ने बित्तिकै तपाईंको दिमागमा के आयो ?

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनचाँदीको

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलहरुको निर्णय

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुले उपप्रधानमन्त्री तथा

रुसबाट हरिको गुहार : रुसी सैनिकबाटै मारिने अवस्था आयो, बचाइदिनुस् 

काठमाडौं– रुसी सेनामा रहेका खोटाङका हरिकुमार राईले आफ्नो ज्यान बचाइदिन

कुन देशमा दिइन्छ बलात्कारीलाई मृत्युदण्ड ?

काठमाडौं- संसारभरि नै कानूनले महिलाहरुको विशेष संरक्षण गरेको छ ।