एमाले रौतहट अधिवेशन, मतदान जारी « Khabarhub

एमाले रौतहट अधिवेशन, मतदान जारी


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेकपा एमाले रौतहटको १० औं जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष लगायतका पदको लागि चुनावी प्रक्रियाअन्तर्गत मतदान जारी छ। अन्तिम प्रयास गर्दासम्म सहमति नभएपछि जिल्लाको मध्यभाग गरुडा स्थित तुलसीलाल स्मृति भवनमा सोमबार बिहान साढे ९ बजेदेखि मतदान सुरु भएको हो।

जिल्ला अध्यक्ष पदको लागि अखिलेश्वर चौधरी, सचिवानन्द साह उम्मेदवार रहेका छन्। उपाध्यक्ष पदका लागि चन्दन कुशवाहा, रुपेश कुमार पटेल, सुरेश कुमार राय यादव, मणिलाल सहनी लगायत ६ जना उम्मेदवार रहेका छन्।

त्यसैगरी  जिल्ला सचिव पदमा बाबुराम दाहाल, शिवप्रसाद आचार्य उम्मेदवार रहेका छन्। यस अघि महिला उपसचिवमा मुन्ना लामिछाने, लेखा आयोगको अध्यक्षमा पवन पटेल, उपाध्यक्षमा रमेश तिमल्सिना लगायत सदस्यहरू सर्वसहमतिमा चुनिएका छन्।

अहिले भइरहेको निर्वाचनमा ४२६ जना मतदाता रहेको निर्वाचन मण्डलका सदस्य बालबिक्रम कार्कीले बताएका छन्। आजै बेलुकीसम्म मतगणना सकेपछि परिणाम आउने अनुमान गरिएको छ।  गत २५ गते नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १ : ४८ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित