दुई ब्याटरले शतक प्रहार गर्दा क्यानाडाविरुद्ध नेपालको शानदार जित | Khabarhub Khabarhub

दुई ब्याटरले शतक प्रहार गर्दा क्यानाडाविरुद्ध नेपालको शानदार जित


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुई ब्याटरले शतक प्रहार गरेपछि नेपालले क्यानाडाविरुद्ध ९ विकेटको जित हासिल गरेको छ । टीयू मैदानमा भएको खेलमा क्यानाडाले दिएको २ सय ३३ रनको लक्ष्य नेपालले ४४ ओभर ३ बलमा भेट्टायो ।

नेपालका लागि दुई ब्याटरले शतक प्रहार गरे । अनिल साहले १ सय २४ बलमा नट आउट १ सय १२ रन बनाए । उनले १२ चौका र २ छक्का प्रहार गरे । त्यस्तै भीम सार्की पनि १ सय २९ बलमा १ सय १ रन बनाउँदै अनआउट रहे ।

उनले ११ चौका र १ छक्का प्रहार गरेका थिए । अन्तर्राष्ट्रिय एक दिवसयमा दुबैको यो पहिलो शतक हो । त्यसअघि कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानाडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो । क्यानाडाका लागि नवनित धलिवालले ५० र निखिल दत्ताले ४५ रन बनाए । त्यसैगरी साद बिन जफारले ३१ र हर्ष ठाकेरले २९ रनको योगदान गरे ।

आजको खेलबाट डेब्यु गरेका हेमन्त धामी एक्लैले ३ विकेट लिँदा कुशल मल्लले २ विकेट लिएका थिए ।

आजको जितसँगै नेपालले ३ खेलको सिरिज क्लिन स्विप गरेको छ । यसअघि पहिले खेलमा नेपालले ७ रन र दोस्रो खेल ४ विकेटले जितेको थियो ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ४ : ०३ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको