सरकारले चालु आर्थिक वर्षको बजेट लक्ष्य घटायो « Khabarhub

सरकारले चालु आर्थिक वर्षको बजेट लक्ष्य घटायो


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले अर्धवार्षिक समीक्षामार्फत चालु आर्थिक वर्षको बजेट लक्ष्य घटाएको छ ।

सिंहदरबारमा सोमबार चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा कुल खर्चको ८७.३८ प्रतिशत मात्र खर्च हुने अनुमान गरिएको जानकारी दिए । सरकारले चालु आवका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

तर, अर्धवार्षिक समीक्षामार्फत सरकारले अब १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ । जुन कुल बिनियोजनको ८७.३८ प्रतिशत हो । अर्थमन्त्री महतले लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएको बताउँदै मन्त्री महतले बजेटको आकार घटाउनुपरेको जिकिर गरे ।

उनले समग्र अर्थतन्त्रको सूचक सकारात्मक हुँदै गएको तर पर्याप्त नभएको बताए । बैंकिङ तरलतामा सुधार, वैदेशिक लगानीको प्रतिबद्धतामा वृद्धि, पर्यटन क्षेत्रमा वृद्धि भएको, कर्जा ४ प्रतिशतले वृद्धि भएको उनले बताए । राजस्व परिचालनको क्षेत्रमा अनुमानित तुलनामा ७७ दशमलब १४ प्रतिशत रहेको उनले जानकारी दिए । अर्थमन्त्री महतले राजस्व वृद्धि दर ९ दशमलव ३७ रहेको बताए ।

त्यस्तै, अर्थमन्त्री महतले विश्व बैंकको अन्तराष्ट्रिय विकास संघ (आईडिए) ले नेपालमा सम्मेलन गर्न लागेको र सम्मेलनमा विश्व बैंकका अध्यक्ष सहित ९२ देशका प्रतिनिधि नेपाल आउने जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ५ : ५९ बजे

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर