सरकारले चालु आर्थिक वर्षको बजेट लक्ष्य घटायो | Khabarhub Khabarhub

सरकारले चालु आर्थिक वर्षको बजेट लक्ष्य घटायो


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले अर्धवार्षिक समीक्षामार्फत चालु आर्थिक वर्षको बजेट लक्ष्य घटाएको छ ।

सिंहदरबारमा सोमबार चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा कुल खर्चको ८७.३८ प्रतिशत मात्र खर्च हुने अनुमान गरिएको जानकारी दिए । सरकारले चालु आवका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

तर, अर्धवार्षिक समीक्षामार्फत सरकारले अब १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ । जुन कुल बिनियोजनको ८७.३८ प्रतिशत हो । अर्थमन्त्री महतले लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएको बताउँदै मन्त्री महतले बजेटको आकार घटाउनुपरेको जिकिर गरे ।

उनले समग्र अर्थतन्त्रको सूचक सकारात्मक हुँदै गएको तर पर्याप्त नभएको बताए । बैंकिङ तरलतामा सुधार, वैदेशिक लगानीको प्रतिबद्धतामा वृद्धि, पर्यटन क्षेत्रमा वृद्धि भएको, कर्जा ४ प्रतिशतले वृद्धि भएको उनले बताए । राजस्व परिचालनको क्षेत्रमा अनुमानित तुलनामा ७७ दशमलब १४ प्रतिशत रहेको उनले जानकारी दिए । अर्थमन्त्री महतले राजस्व वृद्धि दर ९ दशमलव ३७ रहेको बताए ।

त्यस्तै, अर्थमन्त्री महतले विश्व बैंकको अन्तराष्ट्रिय विकास संघ (आईडिए) ले नेपालमा सम्मेलन गर्न लागेको र सम्मेलनमा विश्व बैंकका अध्यक्ष सहित ९२ देशका प्रतिनिधि नेपाल आउने जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ५ : ५९ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग