गाउँले सिंहदरबारमा जात्रा : अध्यक्ष भन्छन् – भोलि बिदा, उपाध्यक्ष भन्छिन् – छैन ! « Khabarhub

गाउँले सिंहदरबारमा जात्रा : अध्यक्ष भन्छन् – भोलि बिदा, उपाध्यक्ष भन्छिन् – छैन !


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

धादिङ- धादिङको गजुरी गाउँपालिकामा जनयुद्ध दिवसमा फागुन १ गते बिदा हुने कि नहुने भन्नेमा अन्यौल भएको छ ।

गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय भएको भन्दै सूचना निकालेका छन् । उता उपाध्यक्ष उपाध्यक्ष शर्मिला बिसुरालले भने फागुन १ गते बिदा दिनेबारे कुनै निर्णय नभएको जनाएकी छिन् ।

अध्यक्ष श्रेष्ठले सोमबार जारी गरेको विज्ञप्तिाम गाउँपालिकाको निर्णयअनुसार पालिका अन्तर्गतका सबै सरकारी कार्यालय, विद्यालय तथा संघ संस्थाहरुमा बिदा दिइने उल्लेख गरिएको छ ।

उता, उपाध्यक्ष बिसुरालले भने अर्को विज्ञप्ति निकालेर फागुन १ गते बिदा दिनेबारे गाउँपालिका बैठकमा कुनै छलफल वा निर्णय नै नभएको बताएकी छिन् ।

त्यस्तै, गृह मन्त्रालयले पनि सूचना निकालेर बिदा नहुने स्पष्ट पारिसकेको र सर्वोच्च अदालतले पनि जनयुद्ध दिवसमा बिदा नहुने फैसला गरेकाले पालिकामा कुनै बिदा नभएको स्पष्ट पारेकी छिन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ६ : १६ बजे

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।