जनवरीमा पाकिस्तानको विप्रेषण २६.२ प्रतिशत वृद्धि : केन्द्रीय बैङ्क « Khabarhub

जनवरीमा पाकिस्तानको विप्रेषण २६.२ प्रतिशत वृद्धि : केन्द्रीय बैङ्क


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२४ जनवरीमा विदेशमा कार्यरत पाकिस्तानी कामदारहरूले पठाएको विप्रेषण अघिल्लो बर्षको तुलनामा २६.२ प्रतिशतले बढेको पाकिस्तानको केन्द्रिय बैङ्क (एसबिपी) ले सोमबार जनाएको छ ।

जनवरीमा कामदारहरूबाट आएको विप्रेषण २.३ अर्ब अमेरिकी डलर रेकर्ड भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त रकम १.९ अर्ब डलर थियो । पाकिस्तानको विपे्रषण मासिक रूपमा ०.६ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ ।

सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्मको चालू आर्थिक वर्षको पहिलो सात महिनामा विप्रेषण आय १५.८ अर्ब डलर पुग्ने प्रक्षेपण तथ्याङ््कमा उल्लेख गरिएको छ ।

गत महिना साउदी अरबबाट ५८ करोड ७३ लाख डलर, संयुक्त अरब इमिरेट्सबाट ४० करोड ७६ लाख डलर, बेलायतबाट ३६ करोड २१ लाख डलर र संयुक्त राज्य अमेरिकाबाट २८ करोड ३४ लाख डलर बिप्रेषण आएको केन्द्रीय बैङ्कले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ७ : ३८ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण